Samriddhipost
२०८३ असोज ११ गते आइतबार
ट्रेन्डिङ
काठमाडौं
२०८० असोज ०८ गते सोमबार

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कोशी प्रदेशमा नेकपा एमालेसहितको सरकार बनाउन राय राखेका छन् ।सोमबार केन्द्रीय समितिको बैठकमा महामन्त्री थापाले कोशीमा एमालेसँग पनि सहकार्य गरेर जानुपर्ने राय राखेका हुन् । ‘कोशीको अहिलेको संवेदनशीलता हेरेर नेकपा एमाले समेतको सरकार बनाएर जान उपयुक्त हुन्छ । यो मेरो राय हो’, महामन्त्री थापाले भने । 
कोशीमा उद्धव थापाको नेतृत्वमा बनेको सत्ता गठबन्धनको सरकार दुवै पटक सर्वोच्च अदालतको आदेशमा बदर भएको थियो । 
पछिल्लो पटक ४ भदौमा थापाले लिएको विश्वासको मतलाई अवैधानिक भन्दै सर्वोच्च अदालतले एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीलाई मुख्यमन्त्री नियुक्तिको परमादेश दिएको थियो ।
कार्कीले विश्वासको मत पाउन अवस्था नभएको भन्दै नेताहरुले नयाँ समीकरणका लागि राप्रपासँग निर्णायक संवाद गर्न सभापति देउवालाई आग्रह गरेका छन् । 
आइतबारको बैठकमा पनि कोशी प्रदेशमा पार्टीको नेतृत्वमा पुनः सरकार बनाउने गरी केन्द्रीय नेतृत्वले नयाँ समीकरणको पहल गर्नुपर्ने  आवाज उठेको थियो ।
केन्द्रीय सदस्य भीम पराजुलीले कोशी प्रदेशमा सरकारको स्थिरताका लागि राप्रपासँग निर्णायक वार्ता गरी नयाँ समीकरण निर्माण गर्नुपर्ने राय राखेका थिए । ‘कोशी प्रदेशको सरकार गठन सन्दर्भमा राप्रपासँग तालमेल नगरीकन अघि बढ्दा पटक पटक अस्थिरता दोहोरिएको छ,’ उनले भने । 
यस्तै, अर्को केन्द्रीय सदस्य आङगेलु शेर्पाले कोशी प्रदेशमा फेरि पनि कांग्रेसकै नेतृत्वमा सरकार बनाउनुपर्ने बताए । कोशी प्रदेशमा कांग्रेसले यसअघि सरकार गठन गरेको कुरा गलत नभएको उनको भनाइ थियो । 
यस्तै, पूर्वमुख्यमन्त्री उद्धव थापाले कोशीमा आफू नेतृत्वमा सरकार बन्दा पार्टीभित्रैबाट असहयोग भएको गुनासो गरेका थिए ।
कोशी प्रदेश सभापतिसमेत रहेका थापाले प्रदेशसभाको अंकगणितका कारण मात्र सरकार बन्न कठिन भएकाले राजनीतिक निर्णय आवश्यक परेको बताए ।

 

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>