Samriddhipost
२०८३ साउन २६ गते मङ्गलबार
ट्रेन्डिङ
काेशी
२०८० असोज ०९ गते मङ्गलबार

एक महिलालाई जबरजस्ती करणी गरेको आरोपमा सुनकोशी गाउँपालिका–१० का वडाध्यक्ष छविरमण धमला पक्राउ परेका छन् । एक २५ वर्षीया महिलाले धमलाले जागिर लगाइदिने प्रलोभन देखाई होटलको कोठामा बोलाएर जबरजस्ती करणी गरेको आरोप लगाएपछि धमलालाई पक्राउ गरिएको जिल्ला प्रहरीका प्रहरी निरीक्षक बलिस्टार सिंहले बताए ।

आफूलाई जबरजस्ती करणी गरेको भन्दै ती महिलाले चार दिनअघि (असोज ५ गते) जिल्ला प्रहरी कार्यालयमा जाहेरी दर्खास्त दिएकी थिइन् ।

 

धमलाको नाममा जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो । सोही पक्राउ पुर्जीअनुसार उनलाई सिद्धिचरण नगरपालिका क्षेत्रबाट मंगलबार पक्राउ गरेको हो ।

प्रहरीले पक्राउ गरी जिल्ला अदालतबाट निजलाई हिरासतमा राखी अनुसन्धान गर्नू भनी दिन ७ (सात) म्याद थप भएकाले थप अनुसन्धान भइरहेको प्रहरी निरिक्षक सिंहले जानकारी दिए ।

प्रतिक्रिया

घर / जग्गासबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>