Samriddhipost
२०८१ असोज ०९ गते बुधबार
दार्चुला
२०८० असोज १० गते बुधबार

सुदूरपश्चिम प्रदेशको अग्लो हिमाल अपिहिमाल वेशक्याम्पमा पहिलाे पटक विश्वपर्यटन दिवस तथा अपिहिमाल भ्रमण बर्ष मनाइएको छ।

असोज १० गते (२७ सेप्टेम्बर २०२३ ) का दिन समुद्री सतहबाट ३९०० मि. उचाइमा रहेकाे अपि वेशक्याम्पमा अपि हिमाल भ्रमण वर्ष २०८० लोगो सार्वजनिक गर्दै उद्घाटन समारोह सम्पन्न भएको हो।

अपि हिमाल गाउँपालिका अध्यक्ष भगतसिंह ठेकरे बोहरा को अध्यक्षतामा आयोजित उक्त कार्यक्रममा सुदूरपश्चिम प्रदेश सरकारका पर्यटन मन्त्री रमेश सिंह धामी प्रमुख अतिथि रहेका थिए । यस्तै कार्यक्रममा महाकाली नगरपालिका प्रमुख नरसिंह चैसिर, मार्मा गाउँपालिका अध्यक्ष जमन सिंह धामी लगायत जनप्रतिनिधहरु, सुरक्षाकर्मीहरु, पत्रकार र स्थानीयहरुको उपस्थिति रहेको थियो।

कार्यक्रम नेपाल पर्वतारोहण संघको सहभागिता उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय सुदूरपश्चिम प्रदेशको सहकार्य, नाटा सुदूरपश्चिम प्रदेश संघको समन्वय एवम् अपिहिमाल गाउँपालिका को आयोजनामा सम्पन्न भएको हो।

कार्यक्रममा बोल्नुहुँदै मार्मा गाउँपालिका का अध्यक्ष जमन सिंह धामीले मार्मा क्षेत्रको विकासका लागि सुदूरपश्चिम प्रदेश सरकार र नेपाल सरकारलाई माननिय मन्त्री धामी मार्फत ध्यानाकर्षण गराएका छन्। वास्तविक मूल्यको दोब्बर भाडा तिरेर जीविकोपार्जन गरिरहेका मार्मा वासीको पिडा प्रदेश र केन्द्र सरकारले निराकरण गर्नुपर्ने धारणा राखेका थिए।

महाकाली नगरपालिका प्रमुख नरसिंह चैसिरले दार्चुला जिल्लामा बसोबास भएका मा.मन्त्री ज्यूले जिल्लाको समग्र पर्यटन क्षेत्र प्रवर्द्धनका लागि काम गर्नेमा विश्वास व्यक्त गर्नुभयो भने अपि हिमाल गाउँपालिका संग पर्यटनका क्षेत्रमा सहकार्य गरेर अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरे।

कार्यक्रमका प्रमुख अथिति एवम् सुदूरपश्चिम प्रदेश सरकारका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री रमेश सिंह धामीले गाउँ गाउँमा प्रदेश सरकारको उपस्थिति भएको बताएका छन्।‌ आफू मन्त्री भएको ४ महिना २ दिनमा गरिब जनताको घरदैलोमा एवम् बस्तिहरुमा आफ्नो उपस्थिति रहेको बताए। सुदूरपश्चिमको अग्लो हिमाल अपिहिमाल वेशक्याम्प, धार्मिक पर्यटकीय गन्तव्य खप्तड र बडिमालिका यहि अन्तरालमा पुगेको दावी गरेका हुन् भनी माओवादी का प्रमुख छन्। राम्रो काम गर्ने मान्छे थोरै हुन्छन् गफ लगाउने धेरै तर आफू गफ भन्दा पनि काममा विश्वास गर्ने उहाँले बताए।
यो पालिको विश्व पर्यटन दिवस ३९०० मि. उचाईमा सुदूरपश्चिम प्रदेश सरकारको सहकार्यमा आयोजना भएको र अब दार्चुलाका सवै स्थानीय तहहरुले पर्यटन प्रवद्र्धन का लागि अन्तर्सम्बन्ध कायम गरी अघि बढ्नुपर्ने बताए।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>