Samriddhipost
२०८१ मङि्सर ०८ गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८० असोज ११ गते बिहिबार

भिमदत्तमा शुसान कायम गर्न भन्दै एमालेले बुझायाे ज्ञापन

नेकपा एमाले कञ्चनपुरको भीमदत्त नगरपालिकामा बेथिति बढिरहेको भन्दै बेथिति रोक्न भन्दै ज्ञापन पत्र बुझाएको छ ।

एमाले भीमदत्त नगर कमिटिले पालिकामा बेथिति बढिरहेको भन्दै बेथिति रोक्दै सुशासनका लागि ज्ञापन पत्र बुझाएको हो । नगरपालिकामा भईरहेको गतिविधिबारे स्थानीय सरकारको ध्यानार्कषण गराएको जनाएको छ । नयाँ निर्वाचित जनप्रतिनिधिहरुले नगरवासीमा नेतृत्व बिहिनता महशुस गराएको भन्दै एमालेले खबरदारी गरेको उल्लेख गरेकाे छ ।
पछिल्लो समय नगरपालिकाले जन अपेक्षा अनुसार काम गर्न नसकेको भन्दैँ आलोचना भईरहेका बेला एमालेले नगर प्रमुख पदम बोगटीलाई ज्ञापनपत्रसहित ध्यानाकर्षण गराएको हो । बिहिबार नेकपा एमालेले भीमदत्त नगर कमिटिले ध्यानाकर्षणसहित नौँ बुँदे ज्ञापनपत्र बुझाएको छ ।

एमालेले भीमदत्त नगर ईन्चाज प्रमानन्द जोशीले स्थानीय सरकारले जन अपेक्षा अनुसार काम गर्न नसकेकाले ध्यानाकर्षण गराएको बताए । उनले संविधानले नागरिकलाई प्रदान गरेको अधिकारको प्रत्याभुती हुने गरि काम गर्न नगरपालिकालाई ध्यानाकर्षण गराएको बताए । एमालेले पालिकाको आन्तरिक आय सबल बनाउन महाकाली नदीको रोयल्टी संकलनका लागि ठेक्का व्यवस्थापन, ठेला बजार व्यवस्थापन, छाडा चौपायाको व्यवस्थापन, कर वृद्धि फिर्ता र नदीजन्य पदार्थमा बढाएको कर वृद्धि फिर्ता लिन नगरपालिकालाई ध्यानाकर्षण गराएको छ ।

‘जनतालाई घरदैलोमा नै सबै प्रकारका सेवाहरु उपलब्ध गराउने अभिलाषा राखी नेपालको संविधानले अनुसुचीहरुमा संघ, प्रदेश र स्थानीय तहका एकल एवम् साझा अधिकारहरुको स्पष्ट व्यवस्था गरेको छ । संविधान प्रदत्त अधिकार उपभोग गर्न पाउनु भीमदत्त नगरबासीको अधिकार हो ।’

ज्ञापन पत्रमा भनिएको छ । ‘स्थानीय तहको निर्वाचन, ०७९ बाट निर्वाचत जनप्रतिनिधिहरुले नगरको समग्र विकास र विस्तारका योजनाहरुलाई निरन्तरता दिनुको सट्टा भ्रम सिर्जना काममा लागि रहने, नगरपालिकामा गठन हुने विभिन्न समितिहरु गठन गर्दा एकलौटी, मनोमानी पुर्वक गठन गर्ने, नगरबासीहरुलाई सेवा सुविधा दिनु भन्दा पनि भ्रमणमा मात्रै ध्यान दिई नगरपालिकाको फजुल खर्च जस्ता कार्यहरुमा मात्रै ध्यान गईरहेको प्रति हाम्रो ध्यानाकर्षण भएको छ ।’

त्यस्तै नगरको समग्र विकास तथा विस्तारको कामलाई निरन्तरता दिई नगरबासीहरु आर्थिक समृद्धि तर्फ अगाडी बढ्नुको सट्टा दिशा विहीन भई आम भीमदत्त नगरबासीहरुलाई नेतृत्व विहिन भईरहेको आभास हुन गएको पनि एमालेलेको ठहर छ । भीमदत्त नगरपालिकाको नेतृत्वले तत्काल आम नगरबासीलाई विश्वासमा लिई योजनावद्ध ढंगले नगरको समग्र विकास निर्माणका साथै जनजीविकाका सवालमा गम्भीर भई लाग्न एमाले माग गरेको छ ।

भीमदत्त नगरपालिकाका मेयर बोगटीले कानुनी जटिलताका कारण काम गर्न नसकिएको बताए । उनले ज्ञापनपत्र बुझ्दैँ कतियप कामहरु गर्न कानुनी जटिलता रहेको बताए । ‘चाहे अनुसार काम गर्न कतिपय कानुनको पनि अभाव छ, केन्द्र र प्रदेश सरकारलाई ध्यानाकर्षण गराएपनि त्यस तर्फ चाँसो दिएका छैन् ।’ उनले भने ‘कानुनी आधार नभई काम गर्दा अख्तियारमा मुद्धा परि हाल्छ, ।

जन अपेक्षा अनुसार काम गर्न सक्दो प्रयास गरिरहेको छ ।’ एमाले नेताहरुले कानुनी जटिलता देखाएर जनताकोे कामबाट नपन्छिन मेयर बोगटीलाई आग्रह गरेका छन । आवश्यक कानुनी निर्माण गरि जनताको पक्षमा विकास निर्माणका काम गर्न उनिहरुको माग छ । एमालेले जनअपेक्षा अनुरुप पालिका सरकारले गर्नुपर्ने विकास निर्माण र सुुशासन कायम गर्न सुझाव दिएको छ । भ्रष्टाचारमा लिप्त भए आन्दोलनको चेतावनी दिएकोछ ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>