Samriddhipost
२०८१ जेठ ०५ गते शनिबार
महेन्द्रनगर
२०८० असोज १२ गते शुक्रबार

कंचनपुर जिल्लाको बेलौरी नगरपालिकाबाट २ किशोरीको उद्धार गरिएको छ। बेलौरी-१० स्थित भुडा चौकीबाट खटिएको प्रहरी टोलीले भारतीय बजार कम्बोजनगर हुँदै भारत पस्न तयार भएका २ किशोरीको उद्धार गरेको हो।

बेलौरी- १ बस्ने उनीहरूमध्ये एकजनाको उमेर १४ र अर्कीको उमेर १३ वर्ष रहेको बताइएको छ। प्रहरीले शंकाको अधारमा सोधपुछ गर्दा दुवैले भारत हुँदै कोरिया जान लागेको बताएका थिए। कसैबाट ठगिएको अथवा झुक्काइएको हुनसक्ने भन्दै प्रहरीले दुवैजनालाई उद्धार गरि आफन्तको जिम्मा लगाएको छ।

प्रतिक्रिया