लालझाडी गाउँपालीका वडा- ४ डाङाजाईमा आधारभूत स्वास्थ्य सेवा केन्द्र स्थापना गरेकाे छ । आधारभुत स्वास्थ्य सेवाकेन्द्र समेत नभएर आधारभूत स्वास्थ्य सेवा लिन टाढा जानूपर्ने स्थानियकाे बाध्यता हट्ने भएकाे हाे ।
आईतबार आधारभूत स्वास्थ्य सेवा केन्द्रकाे उदघाटन पालिका अध्यक्ष निर्मल रानाले गरेका हुन साथमा उपाध्यक्ष सपना चाैधरी राना, प्रमुख प्रशासकीय अधिकृत राज बहादुर सार्की, वडा नं ४ का वडा अध्यक्ष बहादुर राना लगायतकाे उपस्थिति रहेकाे थियाे ।
आम सर्वसाधारण जनताको घर आगनमा स्वास्थ्य सेवा पुर्याउने वाचा अनुसार स्वास्थ्य केन्द्रकाे शुभारम्भ गरेकाे गापा अध्यक्ष निर्मल रानाले बताउनु भएकाे छ ।
उद्घाटनकै दिन बिसेसज्ञ स्वास्थ्यकर्मीको टोलीले गर्भवती महिलाहरुको स्वास्थ्य चेकजाँच गर्नुका साथै ओपिडि सेवा दिएकाे वडा ५ का सदस्य अम्मर रानाले बताएका छन ।
डाङाजाइ आधारभूत स्वास्थ्य सेवा केन्द्रमा आज बाट नियमित आधारभुत सेवा उपलब्ध हुनेछ । त्यस्का लागि आवश्यक जनशक्ति ब्यावस्थापन गरिसकेकाे छ ।
वडा चार डाङाजाईका स्थानियले घरआगनमै स्वास्थ्य सेवा पाउने भएपछि खुसि भएका छन ।
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर
थप जानकारी >>
प्रतिक्रिया