Samriddhipost
२०८१ असोज ०९ गते बुधबार
महेन्द्रनगर
२०८० असोज १६ गते मङ्गलबार

सुदूरपश्चिममा मंगलबार अहिलेसम्म २ पटक भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार दिउँसो २ बजेर ४० मिनेटमा बझाङ केन्द्रविन्दु भएको ५।३ रेक्टरको भूकम्प गएको छ । सो भूकम्पको केन्द्रबिन्दु तलकोट रहेको केन्द्रको भनाई छ । सुदूरपश्चिमभर हल्लाउने गरी आएको भूकम्पको धक्काले बझाङको तलकोट गाउँपालिकामा क्षति पुर्‍याएको छ ।

गाउँपालिकाकी उपाध्यक्ष पार्वती कुँवर भण्डारीले भूकम्पले क्षति गरेको जानकारी आइरहेको बताइन् । महालिङ्ग नि मा बि जैनार को भवनमा क्षति पुगेको छ । ‘गाउँपालिका कार्यालय अगाडिकै जमिन चिरा परेको छ उनले भनिन्, ‘१ नम्बरको सुनिकोटको वडा कार्यालय भवन नै ध्वस्त भयो भन्ने खबर छ ।’

आफूहरू गाउँपालिका कार्यालयमै रहेको र अन्य क्षतिको विवरण संकलन गरिरहेको उनले बताइन् । मंगलबार दिउँसो ३ बजेर ६ मिनेटमा सुदूरपश्चिम प्रदेशको बझाङ जिल्लामा केन्द्रविन्दु रहेको भूकम्पले पश्चिम नेपालका विभिन्न जिल्लामा धक्का दिएको थियो । बझाङको तालकोट आसपास केन्द्रबिन्दु भएर पश्चिम नेपालका विभिन्न जिल्लामा भूकम्पको धक्का महसूस गरिएको जनाइएको छ ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>