Samriddhipost
२०८१ असोज ०५ गते शनिबार
महेन्द्रनगर
२०८० असोज १८ गते बिहिबार

सुदुरपश्चिम प्रदेश समन्वय समितिले भुकम्प प्रभावितलाई तत्काल राहत उपलब्ध गराउन माग

नेकपा माओवादी केन्द्र सुदुरपश्चिम प्रदेश समन्वय समितिले भुकम्प प्रभावितलाई तत्काल उद्धार गरी राहत उपलब्ध गराउन माग गरेको छ । बिहिवार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर माओवादी केन्द्र सुदुरपश्चिका नेताहरुले भूकम्पबाट सिर्जित विपत्तीमा तत्काल उद्धार र राहतको लागी ध्यानार्कषण पत्र बुझाएका हुन् ।

गत मंगलवार गएको शक्तीशाली भूकम्पले बझाङ लगायत आसपासका जिल्लाहरुमा भएको जनधनको क्षतिबारे स्थलगत निरीक्षण गर्न पनी प्रधानमन्त्रीलाई आग्रह गरिएको छ । खासगरी भूकम्पको केन्द्रबिन्दु रहेको बझाङ जिल्लाका नागरिकहरुको जनजीवन कष्टकर बनेको उल्लेख गर्दै न्यायोचि उद्धार र राहतका लागी प्रधानमन्त्रीको ध्यानाकर्षण गरिएको छ ।

यस्तै नेकपा माओवादी केन्द्र सुदुरपश्चिम प्रदेश समन्वय समितिले यथाशिघ्र क्षतिको विवरण संकलन गरी सोही तथ्यांक अनुसार राहत वितरण कार्यमा लाग्न सुदुरपश्चिम प्रदेश सरकार र जिल्ला प्रशासन कार्यालय बझाङलाई आग्रह गरेको छ ।
सुदुरपश्चिम प्रदेश समन्वय समिति ईन्चार्ज पदम जोशी, संयोजक गणेश बुढा, प्रदेश समिति सदस्य कमल थापा र टंक आग्री लगायतका नेताहरुले प्रधानमन्त्रीलाई भेटेर भुकम्प प्रभावितलाई तत्काल राहत उपलब्ध गराउन माग गरेका हुन् ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>