Samriddhipost
२०८१ असोज ०९ गते बुधबार
महेन्द्रनगर
२०८० असोज १९ गते शुक्रबार

कृषककाे वालि नष्ट, राहतकाे माग, केमिकल लिमिटमा रहेकाे चिनिमिलकाे दाबि रिपाे्ट मा अत्यधिक उल्लेख ।

केमिकलको कारण धान र उखु बाली नष्ट भएका कञ्चनपुरको पुनर्वास नगरपालिकाका किसानलाई क्षतिपूर्तिको माग गरिएको छ । 
गएको साउन २४ र २५ गतेको बाढीका कारण डुबान भएको पुनर्वास नगरपालिका–२, ५, ७ र ९ मा धान र उखु नष्ट भएको थियो । विगतमा त्यस्तै बाढी आउँदा पनि यसरी क्षति नहुने ठाउँमा एकाएक धान, उखुबाली सुकेपछि किसान अचम्मित भएका थिए ।  २४२.९ बिघामा लगाइएको धान र ११०.३ बिघामा लगाइएको उखु पानीमा बायोकेमिकल अक्सिजन डिमान्ड (बिओडी) र केमिकल अक्सिजन डिमान्ड (सिओडी) को मात्रा बढी भएका कारणले नष्ट भएको परीक्षणबाट पुष्टि भइसकेको पुनर्वास नगरपालिकाले जनाएको छ । 

सोही नगरपालिका–२ स्थित भागेश्वर सुगर मिलबाट बगेर आएको केमिकलका कारण कृषिबाली नष्ट भएको किसानले जिकिर गर्दै आए पनि केमिकल कहाँबाट आयो भन्ने वैज्ञानिक रुपमा पुष्टि हुन सकेको छैन । यद्यपि, विनाशकारी केमिकल भागेश्वर चिनी मिलबाटै किसानको खेतमा आएर कृषिबाली सोत्तर पारेको भन्दै मिलबाट क्षतिपूर्ति भराउनका लागि प्रदेश सदनमासमेत कुरा उठेको छ । 

कञ्चनपुरवासी समेत रहनू भएका प्रदेश सभा सदस्य वीरबहादुर थापाले भागेश्वर चिनी मिलबाट बगेको केमिकलका कारण नै किसानले ठुलो नोक्सान बेहोर्नु परेको बताउनुभयो । केमिकलकै कारण कृषिबालीमा नोक्सान भएको पुष्टि भइसकेकाले भागेश्वर मिलबाट किसानलाई क्षतिपूर्ति भराउन प्रदेश सरकारको उहाँले ध्यानाकर्षण गराउनु भएको छ । “किसानलाई भएको यति ठुलो क्षतिको संसदीय समिति बनाएर छानबिन गरी उनीहरुलाई मिलबाट क्षतिपूर्ति भराउनु पर्दछ”, थापाले भन्नुभयो ।

प्रदेश सरकारको भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयसंगको समन्वयमा पुनर्वास नगरपालिकाको कार्यालयले साउन ३० र भदौ १ गते सम्बन्धित ठाउँको खेतबाट पानीको नमूना सङ्कलन गरेको थियो । सङ्कलित नमूना परीक्षणका लागि कृषि अनुसन्धान केन्द्र (नार्क) मा पठाइए पनि उपकरण नभएका कारण त्यहाँ परीक्षण हुन सकेन । पछि काठमाण्डौंस्थित निजी प्रयोगशाला वाटर इञ्जिनीयरिङमा परीक्षण गर्दा साउन ३० गते सङ्कलित नमूनामा बिओडी ५७ मिलिग्राम प्रतिलिटर र सिओडी ११४ मिलिग्राम प्रतिलिटर पानीमा फेला परेको थियो । यस्तै, भदौ १ गते सङ्कलित नमूनामा बिओडी चार र सिओडी ११ मिलिग्राम प्रतिलिटर पानीमा भेटिएको थियो । 

पानीमा बिओडी १० मिलिग्राम र सिओडी २० मिलिग्रामभन्दा बढी भएमा बोटविरुवा र जलीय प्राणी मर्ने गरेको पुनर्वास नगरपालिकाका कृषि शाखा प्रमुख कर्णबहादुर शाहीले बताउनुभयो । “धानबाली केमिकलकै कारण नष्ट भएको पुष्टि त भयो, तर, केमिकल कहाँबाट आयो भन्ने पुष्टि हुन सकेन”, उहाँले भन्नुभयो,“रक्सी बनाउन प्रयोग हुने पदार्थ भागेश्वर मिलबाट बाढीमा बग्दा यस्तो भएको किसानको दाबी छ ।”

दोदा नदीको माथिल्लोतिर रहेको सिमरी नदीको बाढी ओभरफ्लो भएर खेतमा जाँदा कृषिबालीमा क्षति भएको जनाइएको छ । “गजबको कुरा त के रह्यो भने डुबान भएपनि मिलभन्दा माथितिर कृषि बालीमा नोक्सान भएन”, शाहीले भन्नुभयो,“मिल र नदीभन्दा तल्लो क्षेत्रमा रहेको भू–भागमामात्रै धान र उखु सुकेको थियो ।” केमिकलका कारण कृषिबाली सोत्तर भएको पुष्टि भएपछि पुनर्वास नगरपालिकाको स्थानीय विपद् व्यवस्थापन समितिले किसानलाई राहत÷क्षतिपूर्ति दिइनु पर्ने निर्णय गरेको छ ।

नियमानुसार किसानलाई राहत÷क्षतिपूर्ति दिनका लागि जिल्ला प्रशासन कार्यालय, कृषि ज्ञान केन्द्र र जिल्ला प्रहरी कार्यालयमा सिफारिस पठाएको विपद् व्यवस्थापन शाखाका स्रोतव्यक्ति ओमनाथ ढकालले जानकारी दिनुभयो । 

यता भागेश्वर चिनिमिलले शुक्रवार पत्रकार सम्मेलन गर्दै चिनिमिलबाट निस्कने पदार्थमा बिओडि ५७ र सिओडि ११४ मिलिग्राम पानिमा भेटिएकाे उल्लेख गर्दै मिलले बिओडि १०० र सिओडि २५० मिललिग्राम सम्म पानिमा अधिकतम छाेड्न सक्ने अनुमति रहेकाे उल्लेख पत्रकार सम्मेलनमा गरेकाे छ । रिपोर्टमा अधिकतम लेखिएकाे छ । कतिसम्म भए अधिकतम हाे उल्लेख गरेकाे छैन ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>