Samriddhipost
२०८१ असोज ०५ गते शनिबार
महेन्द्रनगर
२०८० असोज १९ गते शुक्रबार

गड्डाचाैकि नाका चुस्त दुरुस्त पार्न युवाँसंघ र अनेरास्ववियु काे भेटघाट र छलफल

सुदुरपश्चिमको पश्चिमि नाका गड्डाचौकि भन्सार कार्यालय र सुरक्षा ब्यबस्था का बिषयमा आम जनमानसबाट जनगुनासो आएकाे भन्दै  राष्ट्रिय युवा संघ नेपाल र अनेरास्वबियू द्वारा भन्सार र भन्सारकाे सुरक्षा निकायसंग भेटघाट छलफल गरेकाे छ ।

भन्सार क्षेत्रमा देखिएका समस्या हरु हल गर्न भन्सार कार्यालय र सुरक्षा निकाय बिच छलफल गरि तत्काल हल गर्ने सहमति भएको छ  अन्यथा थप शशक्त रुपमा समस्या समाधानका लागि अगाडि बढ्ने कमल राेकायाले बताएका छन ।

राेकायाका अनुसार यि हुन सहमती भएका विषयहरु 

१ (राजपत्रमा उल्लेख नगरिएको नया बाटो बाट चोरि छलि गाडिहरु आएको देखिएकाले तत्काल बन्द गरि बैधानिक मार्ग वाट चेकजाच गरि प्रबेश गराउने ।

२ (चाडबाड को बहानामा हुने राजस्व चुहावट लाई व्यापक कडाईका रुपमा अगाडि बडाउने ।

३ (सेटिङ्ग का भरमा एकपटक को सुबिधाका भरमा दैनिक २० पटक सम्म भारतिय गाडि आवतजावत गरेको देखिएको ले तत्काल सवारि जाँच ब्यबस्था मिलाई नियन्त्रण मा लिने ।

४ (भारत बाट क्यासिनो खेल्न अथवा अन्य प्रयोजनका लागि मान्छे ओसार पसारमा ल्याउदा पुरै सेटिङ्ग का भरमा कुनै चेकजाच नगरि सोझै गाडिहरु भित्र्याउने गरेको पाईएको पाईयो यसलाई तत्काल रोक्ने र भारत बाट नेपाल आउने सबै भारतिय नागरिकको ब्यक्तिगत बिबरण सहित जाँच गराई ईन्ट्रि गरेर मात्र आउनदिने सहमति भएको छ ।

यस लगायत का थुप्रै नाका सङ्ग सरोकार राख्ने समस्या हरुका सवालमा छलफल गरिएकोछ यसमा गम्भीर र सजक रहि समस्या हरु हलगर्दै अघिबढने कञ्चनपुर भन्सार कार्यालयले प्रतिबद्दता जाहेर गरिएको राेकायाले बताएका छन । कार्यक्रममा कार्यक्रममा राष्ट्रिय युवा संघ नेपालका नेता प्रबिन बोगटि ,केशब चन्द जिल्ला अध्यक्ष नवीन चन्द ,उपाध्यक्ष लेखान्त बुढा अनेरास्वबियु का प्रदेश सहसयोजक कमल रोकाया, विक्रम थापा लगायतका नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>