Samriddhipost
२०८३ असोज ११ गते आइतबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८० असोज १९ गते शुक्रबार

बझाङका भूकम्प पीडितले प्रधानमन्त्रीलाई भेट्न नपाएको गुनासो गरेका छन्। पीडितहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटी आफूहरूका समस्या राख्न नपाएको गुनासो गरेका हुन्। 

प्रधानमन्त्री प्रचण्ड बझाङ आउने खबर पाएपछि सदरमुकाम पुगेका दुरदराजका भूकम्प पीडितहरूले समस्या राख्न पाउने आशा राखेका थिए। बिहानै एक घण्टाको बस यात्रा गरेर सदरमुकाम चैनपुर पुगेका थलारा गाउँपालिका ९ सिरेटाका ज्ञानु दमाइले भने,‘प्रधानमन्त्रीज्यूलाई केही समस्या सुनाउँला भनेर बिहानै आएको हुँ। भेटेर कुरा राख्न त के देख्नै पाइनँ। पहिले बाढी पहिरोका बेला आएका प्रधानमन्त्री हेलिप्टरबाट हेरेर जानुभयो। अहिलेका प्रधानमन्त्री भुइँमा त आउनुभएकै हो तर गाडीभित्र हुँइकेर प्रशासनभित्र छिर्नुभयो। हामीलाई गेटमै रोकियौं।’

जयपृथ्वी नगरपालिका–१० का शम्भु ओखेडाको पनि प्रधानमन्त्रीलाई भेटेर कुरा राख्न नपाएको गुनासो छ। ओखेडाले पनि आफ्नै घर नजिकै भएर हिँडे पनि एक शब्द नबोलेर जाँदा दुःख लागेको बताए। उनले भने,‘हाम्रो टोलका एक जना पीडितसँग मात्रै बोल्नुभयो। हाम्रो पनि थुप्रै समस्या राख्ने मन थियो तर एक हुल आयो छिटोछिटो कुरा गरेर प्रधानमन्त्रीज्यू हेर्दै नहेरी जानुभयो।’

जयपृथ्वी नगरपालिका–३ का बिरबहादुर ओलीले पनि प्रहरीले गेटमै थुन्दा प्रधानमन्त्रीसँग दुखेसो पोख्न नपाएको गरे। प्रधानमन्त्रीलाई धेरै कुरा राख्न आएका केही युवाले त झन् जिल्ला प्रशासन कार्यालय बझाङको गेटमै सरकार बिरुद्ध नाराबाजी गरे। उनीहरूले प्रधानमन्त्री भेट्न नदिइएको भन्दै आक्रोश पोखे। प्रधानमन्त्री विरुद्ध बोलेको भन्दै प्रहरीले उनीहरूलाई केहीबेर नियन्त्रणमा लिएको थियाे । 

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>