Samriddhipost
२०८२ फागुन ०६ गते बुधबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८० असोज २० गते शनिबार

भन्सार छलिका सामानमा प्रहरिकाे एक्सन यति ठुलाे परिणाममा भेटियाे छलिकाे सामान

प्रहरीले एक व्यवसायीको गोदामबाट छापा हानेर ठूलो मात्रामा अवैध समान बरामद गरेको छ । महेन्द्रनगर बजारको गल्ली नं. २ स्थित  सुशील गुप्ताले संचालनमा ल्याएकाे हिमाशू प्लाष्टिक स्टाेरकाे गोदामबाट शुक्रबार दिउँसो ११ लाखसम्मको अवैध प्लास्टिकका समान बरामद गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको प्रहरी टोलीले दिउँसो गुप्ताको गोदामा छापा हानेको थियो । गोदाममा ठूलो मात्रामा भन्सार नभएका प्लाष्टिकका भाडाँकुडा सहितका समान भेटिएपछि बरामद गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक कमल थापाले गुप्ताको गोदामबाट करिव११ लाख मूल्य बराबरको समान बरामद गरिएको जानकारी दिएका छन् । प्रहरी उपरीक्षक थापाका अनुसार बरामद समान तीन ट्रकमा लोड गरी प्रहरी कार्यालय लगिएको हो ।

‘गोदाममा छापा हानेर ३ ट्रकसम्म समान बरामद गरिएको छ, त्यसको मूल्याङ्कन हुन बाँकी छ,’ उनले भने,‘अन्दाजी समान  ११ लाखसम्म हुन सक्छ ।’

शुक्रबार प्रहरीले बजारका अन्य स्थानमा पनि छापा हानेको छ । प्रहरीका अनुसार तीन चार स्थानमा छापा हानिएको छ ।
प्रहरीले गुप्ताको गोदामबाट बरामद समानको मूल्याङ्कन गरी सार्वजनिक गर्ने भएको छ ।

जिल्ला प्रहरी कार्यालयले दशैं तिहारलाई मध्यनजर गरी अवैध राजश्व छिली नियन्त्रण अभियान सञ्चालन गरेको छ । बिहीबार मात्रै भीमदत्त नगरपालिका ६ स्थित भाट किरानाको पसलको गोदामबाट ठूलो मात्रामा अवैध समान बरामद गरेको थियो ।

प्रतिक्रिया

घर / जग्गा सबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>