Samriddhipost
२०८१ असोज ०९ गते बुधबार
महेन्द्रनगर
२०८० असोज २० गते शनिबार

सुशासन नभएपछि शुक्लफाँटाका ५ विकास समिति संयाेजकले दिए राजिनामा ।
फायल फाेटाे

सुशासनको माग गर्दै शुक्लाफाँटाका पाँच  बिषयगत समितिका संयोजकहरुले दिए राजिनामा
दिएका छन । शुक्लाफाँटा नगरपालिकाको पाँच वटा बिषयगत समितिका संयोजकहरुले पदबाट संयुक्त रुपमा राजिनामा दिएका छन । विषयगत समितिकाे कार्यविधि समेत नबनाई संयाेजकहरुलाई पंगु बनाएकाे सामाजिक बिकास समिति संयाेजक रमेश ऐरले समृद्धि पाेष्टलाई बताएका छन ।

सहभागीतामूलक कार्यसञ्चालन, पारदर्शिता र सुशासन कायम हुन नसकेको जनाउदै संयोजकहरुले राजिनमा दिएकाे बताएका छन ।
पदबाट राजिनामा दिनेहरुमा सामाजिक विकास समिति संयोजक रमेश बहादुर ऐर, पूर्वाधार विकास समिति संयोजक बहादुर सिंह महरा, विधायन समिति संयोजक नवल सिंह राना, संस्थागत विकास तथा सुशासन समितिका संयोजक उत्तरदेव भट्ट र उर्जा विकास समिति संयोजक दान सिंह ऐर रहेका छन ।
पाँचै जना संयोजकहरुले नगरपालिकाको १४८ औं नगर कार्यपालिका बैठकमा नगर प्रमुख रण बहादुर महरालाई राजिनामा पत्र बुझाएका हुन । राजिनामा भने स्विकृत भएको छैन ।
कार्यपालिकाका २२ जना मध्ये १५ जना सदस्यहरुले सुशासन कायम हुनु पर्ने भन्दै नगर प्रमुख, उप प्रमुख र प्रमुख प्रशासकिय अधिकृतलाई २८ बुँदे ध्यानाकर्शण पत्र बुझाकाे कार्यपालिका सदस्य रमेश ऐरले बताएका छन । ध्यानाकर्शण पत्र माथि सुनवाई नभएपछि बाध्य भएर राजिनामा दिनु परेको संयोजकहरुले बताउनु भएको छ ।

सामाजिक विकास समितिका संयोजक रमेश बहादुर ऐरले नगरपालिकामा दरबन्दी अनुसारको प्रमुख प्रशासकिय अधिकृतको पदपूर्तिका लागि कार्यपालिकाबाट निर्णय गरी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा लेखि पठाउन माग गरिए पनि सुनवाई नभएको बताउनु भयो ।
“वैधानिक प्रावधान अनुसार निर्णयनै नगरी कार्यपालिका सदस्यहरुलाई गुमराहमा राखेर नगर प्रमुख र प्रमुख प्रशासकिय अधिकृतले निर्णय प्रमाणिकरण गरको भनी हुने गरको जालझेल बन्द हुनुपर्छ उहाँले भन्नु भयो, “त्यसकै लागि राजिनामा दिएका छौं, नयाँ कार्यपालिका गठन भएपछि नगरपालिका कार्यालयबाट आर्थिक वर्ष २०७८÷०७९ र आर्थिक वर्ष  २०८९÷०८०  मा भएको सम्पूर्ण खरिद कार्य विकास निर्माण कोटेसन समेतको विवरण सार्वजनिक हुनु पर्ने, सवारी साधन मर्मत र इन्धन खर्चको विवरण सार्वजनिक गरिनु पर्छ ।”
आर्थिक वर्ष २०७८÷०७९ र आर्थिक वर्ष  २०९÷०८० मा भएको दैनिक भ्रमण भत्ता, अवलोकन भत्ता खर्चको विवरण, राष्ट्रपती रनिङ्गशिल्ड प्रतियोगिताको खर्चको विवरण सार्वजनिक गरिनु पर्ने,  करार कर्मचारीको म्याद थप सम्बन्धमा अध्ययन र सुझाव दिन गठित कार्यदलको प्रतिवेदन कार्यान्वयन गरिनु पर्ने माग अघि सारेपनि सुनवाई नहुदा पदबाट राजिनामा दिईएको उर्जा समितिका संयोजक दान सिंह ऐरले जानकारी दिनु भयो ।
उहाँका अनुसार बेलौरी कलुवापुर सडकखण्डमा खाल्डो खनेर छाडनुको कारण, पानीको निकास खुलाउन नसक्नु, नगर प्रवक्ताको पदमा रहेका व्यक्तिले निर्णय सार्वजनिक गर्न नसक्नुका साथै पारदर्शिता कायम गर्न नसकेकाले पदमुक्त गर्नु पर्ने, एशियाली विकास बैंकको सहयोगमा सञ्चालित शहरी विकास परियोजनाका कामकारवाहीमा गुणस्तर सुनिश्चित गर्न ध्यानाकृष्ट गरिए पनि कार्य अगाडी बढन सकेको छैन ।
अव्यवस्थीत बसोवासी, भूमिहीन, सुकुम्बासीको जग्गा नापजाँच कार्यलाई तिव्रताका साथ अगाडी बढाईनु पर्ने, महालेखापरीक्षकको प्रतिवेदनमा देखिएको बेरुजु फस्र्यौट गर्ने संयन्त्र खडा गरी बेरुजु घटाउनु पर्ने, विकास निर्माण कार्यको लागत स्टीमेट बनाउदा कोटेसनमा निर्माण व्यवसायी संग मिलोमतो गरी बढी लागत देखाउने र काम कम हुने गरेको गुनासो प्रति छानविन हुनु पर्ने उहाँको भनाई रहेको छ ।
“नगरपालिका भित्रका शाखा प्रमुख, वडा सचिव, कर्मचारी आन्तरिक सरुवा र जिम्मेवारी हेरफेर गरिनु पर्ने, पत्रपत्रिका र विज्ञापन शिर्षकमा भएको बजेटको खर्च सार्वजनिक हुनु पर्ने, नगर क्षेत्रमा जडान भएका स्वचालित सडक बत्ति गुणस्तरीय हुनु र नियमित नबल्नु सडक बत्तिको विद्युत महशुलको प्रकृया बारे जानकारी दिनु पर्ने माग कार्यपालिका बैठकमै राखेका हौ” उहाँले भन्नु भयो, “नगरपालिकाको स्वामित्वमा रहेको हेभी इक्युपमेन्ट प्रयोग नभै लामो समय देखि थन्किनुको कारण खोल्नु पर्ने, सामुदायिक पशु चौपायाको दीगो व्यवस्थापन हुनु पर्ने, आर्थिक वर्ष २०७८÷०७९ र आर्थिक वर्ष  २०९÷०८० मा भएको विस्तृत परियोजना प्रतिवेदन(डिपिआर) बनाउदा लागेको खर्च सार्वजनिक गरिनु पर्ने माग राख्दा पनि बेवास्ता गरियो ।”
नगरपालिकाबाट आर्थिक वर्ष २०७८÷०७९ र आर्थिक वर्ष  २०९÷०८० मा खाना, खाजा, चिया र पानीमा खर्च सम्बन्धी सम्पूर्ण विवरण सार्वजनिक गरिनु पर्ने माग राखिएको उहाँले जानकारी दिनु भयो ।  “कार्यपालिकाको १४८ औं बैठकमा आठ जना अध्यक्षको असहमती सहित अनुपस्थीत रहदा कार्यपालिकामा विषय प्रवेश तथा कार्यपालिका सदस्यहरुको निर्णय प्रकृयामा सहभागीता विना उपस्थीतिको कोरमको आधारमा निर्णय लेखिएकाले त्यस प्रति असहमती रहेकाले ती निर्णयलाई कार्यान्वयन नगर्न भनेका छउ" उहाँले भन्नु भयो ।

नगरपालिका मेयर रण बहादुर महरा संग यश बिषयमा कुरा गर्दा के सुशासन हुन सकेन याे बुझिएन, बिकास समिति कार्यबिधि ल्याउने वहाहरुले हाे पास हुन बाट आफुले कहिले राेकेकाे भनेर प्रतिप्रश्न गर्नुभयाे । वहाले भन्नुभयाे अहिले यश बारेमा बाेलिन थप बिषय भाेलिका दिनमा स्पष्ट हुँदै जाला ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>