Samriddhipost
२०८२ फागुन २३ गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८० असोज २२ गते सोमबार

हमास ईस्रायल द्वन्द्वमा १० नेपाली विद्यार्थिकाे मृत्यु, विपिन उपचाररत रहेकाे

इजरायलमा प्यालिस्टन विद्रोही हमासले गरेको आक्रमणमा १० जना नेपाली विद्यार्थी मारिएका पुष्टि भएको छ । इजराइलका लागि नेपाली राजदूतवासले १० जना नेपाली मारिएको पुष्टि भएको जानकारी गराएको हो ।

१७ जना विद्यार्थी रहेको क्याम्पभित्र हमास विद्रोहीले आक्रमण गरेको थियाे बेपत्ता रहेका बिपिन जाेशी सम्पर्कमा आएकाे उनका साथिहरुले ग्रुप च्याटमा बताईरहेका छन् । जाेशी ग्रिनेटले घाईते भएकाे र अस्पतालमा उपचार भैरहेकाे बताएका छन तर दुतावासले भने सम्पर्कमा नरहेकाे उल्लेख गरेकाे छ । चार जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

गएको भदौ १८ र १९ गते प्रयोगात्मक सिकाइका लागि इजरायल पुगेका उनीहरू सुदूरपश्चिम विश्वविद्यालयको कृषि सङ्कायका आठौँ सेमेस्टरका विद्यार्थी हुन् ।

ज्यान गुमाउनेहरूमा नारायणप्रसाद न्यौपाने घोडाघोडी–०४ कैलाली, गणेशकुमार नेपाली जयपृथ्वी–०६ बझाङ, आशिष चौधरी बौनिया–०३ कैलाली, दिपेशराज विष्ट लेकम–०५ दार्चुला, आनन्द साह सपही–०६ धनुषा, राजेशकुमार स्वर्णकार मधुवन–०१ सुनसरी, राजन फुलरा पाचनली–०३ डोटी, पदम थापा लमिखल–०८ डोटी, प्रवेश भण्डारी शारदा–०३ सल्यान, लोकेन्द्रसिंह धामी मालिकार्जुन–०४ दार्चुला रहेका छन् ।

सल्यानका विधान सेजवाल, दाङका प्रविन डाँगी, कैलालीका धनबहादुर चौधरी र गोरखाका हिमाञ्चल कट्टेलको उपचार भइरहेको छ ।सल्यानका प्रमोद केसी र कैलालीका वीरेन्द्र चौधरी सुरक्षित रहेका दूतावासले जनाएको छ ।


#ईस्रायलमा नेपालीकाे मृत्यु

प्रतिक्रिया

घर / जग्गा सबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>