Samriddhipost
२०८१ असोज ०९ गते बुधबार
महेन्द्रनगर
२०८० असोज २२ गते सोमबार

बेलाैरि नगरपालिकाले लागुऔषध बिरुद्ध महाअभियान चलाउने

बेलौरी नगरपालिकाले लागूऔषध विरुद्धको महाअभियान यही २६ गते देखि चलाउने तयारी गरेको छ ।


आज सोमवार पत्रकार सम्मेलन गर्दै पालिकाले असोज २६ गतेदेखि बिभिन्न जनचेतना मुलक कार्यक्रम गर्दै लागूऔषध विरुद्धको महाअभियान २०८० चलाउने तयारी गरेको हो ।

बेलौरी नगरपालिका भारतिय खुल्ला सिमानाका संग जोडिएकाले लागूऔषध प्रयोगकर्ता एवम लागूऔषध व्यापारीले यही नाका प्रयोग गर्दै आएकाले बेलौरी नगरपालिका र ईलाका प्रहरी कार्यालय बेलौरीको संयुक्त आयोजनामा लागूऔषध विरुद्धको महाअभियान चलाई न्युनिकरणका लागि सबै क्षेत्रबाट पहल गर्नुपर्ने नगर प्रमुख पोतीलाल चौधरीले पत्रकार सम्मेलन मार्फत जानकारी गराउनु भयो ।

उहाँका अनुसार कार्यपालिकाको निर्णय अनुसार नै यो महाअभियानको आयोजना गरिएको बताए । विगत ५ वर्षमा बेलौरी नगरपालिका क्षेत्रबाट लगभग २ सय जना लागूऔषधका प्रयोगकर्ता र व्यपारी पक्राउ परेको तथ्याङक सार्वजनिक गर्दै अवस्था भयावह भन्दै गरेको प्रति चिन्ता व्यक्त गर्नु भयो ।

कञ्चनपुर जिल्लाको बेलौरी नगरपालिकाबाट लागूऔषध निर्मूल पार्नका लागि अभियानमा सबै पक्षको साथ सहयोग चाहिएको बताउनु भयो ।

२६ गते हुने लागूऔषध विरूद्धको महाअभियानको उदघाटन सुदूरपश्चिम मुख्यमन्त्रीले गर्ने तय भएको छ । बेलौरी बजारमा भव्य र्यालीको अयोजना गर्दै बेलौरी नगरपालिकामा रहेका हरेक टोल समुदाय बिद्यालयमा जनचेतना मुलक छलफल र बिभिन्न कार्यक्रमको आयोजना गरिने भएको छ ।

कार्यक्रम उदघाटनकै दिन पालिकाले लागु पदार्थ सेवनकर्तालाई जाँच गर्ने मेसिन पनि ईलाका प्रहरी कर्यालयलाई प्रदान गर्ने भएको छ । कुनै पनि संकास्पद व्यक्तिलाई चेकजाँच गर्दा उसले लागुपदार्थ सेवान गरेको छ या छैन भनेर चेकजाँच गरिने समेत चौधरीले बताउनु भयो । पालिकाले महाअभियानलाई सफल पार्न जनचेतना मुलक लेखहरु लेखिएका ४ हजार टिसर्ट वितरण गर्ने तयारी समेत गरेको छ ।

ईलाका प्रहरी कार्यलय बेलौरीका प्रमुख प्रहरी निरीक्षक गौरीप्रशाद जैशीले बजारमा बढदै गएको लागुऔषधको बजार मागलाई न्युनिकरण गर्ने, उत्पादनलाई कम गर्न २५ बर्ष भन्दा मुनिकालाई बढी सचेत गराउनु पर्नेमा जोड दिए । उनका अनुसार अधिकांश लागूऔषध प्रयोगकर्ता २५ बर्ष मुनिका युवाहरू रहेको प्रहरी तथ्यांकले देखाएको बताए ।

लागूऔषध नियन्त्र प्रहरीको हातबाट मात्र सम्भब नभएको बताउदै यसमा सबै पक्ष सक्रिय भएर लागे न्यूनिकरण गर्न सकिने निरीक्षक जैशीले बताए । खास गरि विद्यार्थी भाइबहिनीहरुलाई यस विषयमा बढी सचेत गराउनु पर्नेमा वहाँको जोड रहेको थियो ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>