दार्चुला जिल्लाकाे अपिहिमाल गाउँपालिकाले पालिका टिमहरुकाे सहभागितामा क्रिकेट आयाेजना गर्ने भएकाे हाे ।
पालिकाले अन्तरपालिका स्तरीय प्रथम अध्यक्ष पुरुष टि-ट्वान्टि क्रिकेट प्रतियोगिता कार्तिक १० बाट सञ्चालन गर्ने भएको हाे । पालिकाले एक सुचना जारि गर्दै आ-आफ्नो स्थानीयतहबाट क्रिकेट टिम दर्ता गराईदिन सुचना जारि गरेकाे हाे । कार्तिक १ गतेसम्म टिम सहभागी गराई प्रतियोगितालाई भव्यरुपमा सफल पारिदिन सूचनामा उल्लेख गरेकाे छ । टिममा पालिका बाहिरका २ जना खेलाडी सहभागी गरेन सकिने बताईएकाे छ । टिम दर्ता शुल्क रु.१५५५५/- राखिएकाे छ। टाईसेट वितरण कार्तिक ५ गते वितरण गर्ने उल्लेख छ भने, प्रथम पुरुस्कार रु. १,५१,१११/- ( मेडल, प्रमाण पत्र तथा ट्रफी), द्वितीय पुरुस्कार रु. १,०१,१११/- (मेडल, प्रमाण पत्र तथा ट्रफी), प्लेयर अफ दि टुर्नामेन्ट:- रु. १०,०००/- नगद मेडल तथा ट्रफी,बेस्ट बलर/ ब्याटर / ईमर्जिङ प्लेयर: रु.५,०००/- प्रति प्लेयर (मेडल तथा ट्रफी),म्यान अफ दि म्याच रु.१,०००/- (नगद तथा ट्रफी) टुर्नामेन्टका आकर्षण रहेका छन ।
खेल T-20 फर्म्याटमा लिगकम नोक आउटका आधारमा खेलाईने छ। पुरुस्कारमा रितपूर्वक करकट्टी गरिने बताएको छ ।
उक्त खेल अपिहिमाल गाउँपालीका सम्तेली चौड खेल मैदानमा खेलाईने छ ।
थप जानकारीका लागि युवाकर सिंह ठेकरे ( अध्यक्ष - खेलकुद विकास समिति)- ९८६५८००७२२ २. नन्दन सिंह ठेकरे (स. सचिव- खेलकुद विकास समिति)- ९८२८१४२३८०खडक सिंह लोध्याल (सदस्य- खेलकुद विकास समिति) - ९८४१९०६३९४ लाई सम्पर्क गर्न सकिने सूचनामा उल्लृख गरिएको छ।
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर
थप जानकारी >>
प्रतिक्रिया