Samriddhipost
२०८१ असोज ०९ गते बुधबार
महेन्द्रनगर
२०८० असोज २४ गते बुधबार

ईजरायलमा बस्ने भन्दा फर्किन चाहने धेरै

इजरायलमै बस्नेभन्दा फर्कन चाहने नेपालीको संख्या बढी पाइएको छ । सरकारले नेपाल फर्किन तथा उद्धार हुन चाहनेका लागि अनलाइन रजिष्ट्रेशनमार्फत विवरण माग गरेको थियो ।
इजरायलमै बस्नेभन्दा फर्कन चाहनेको विवरण बढी रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार उद्धार हुन तथा नेपाल फर्कन चाहने ३२४ जना नेपाली नागरिकहरुले राजदूतावासको अनलाइन रजिष्ट्रेशन प्रणालीमार्फत विवरण उपलब्ध गराएका छन् । जसमा २८८ जनाले नेपाल फर्कन र ३६ जनाले स्थानान्तरण हुन चाहेको बताएका छन् ।

यसैबीच परराष्ट्रमन्त्री एनपी साउदले आफ्नो इजरायलका समकक्षीसँग टेलिफोन संवाद गरेका छन् । संवादमा उनीहरुबीच निधन भएका नेपालीहरुको शव स्वदेश ल्याउन, नेपालीहरुलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न र स्वदेश फर्कन चाहने नेपालीहरुलाई सहजीकरण गर्ने विषयमा कुराकानी भएको मन्त्रालयले जनाएको छ ।  इजरायल हमासले शनिबार गरेको आक्रमणमा १० जना नेपाली विद्यार्थीको ज्यान गएको थियो ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>