Samriddhipost
२०८१ असोज ०९ गते बुधबार
महेन्द्रनगर
२०८० असोज २४ गते बुधबार

ईजरायलमा बेपत्ता  विपिन आएनन सम्पर्कमा, सरकारले ४ दिन सम्म लगाउनन सकेन पत्ताे ।

प्यालेष्ट्राइनी बिद्रोही समूहको हमासको आक्रमणपछि बेपत्ता भएका बैतडी दोगडाकेदार गाउँपालिका–१ रिमका हाल कञ्चनपुरको भीमदत्त नगरपालिका –३ का विपिन जोशी अझै सम्पर्क नआएको पारिवारिक स्राेतले बताएकाे छ । बिभिन्न सञ्चार माध्यममा आएका समाचारमा सम्पर्कमा आएको भन्ने खबर आएपनि वपिन सम्म सम्पर्कमा नआएको बताए ।

अन्तिम पल्ट उनका भाई संगै रहेका त्रिशक्ती ४ भजनी कैलालीका बिरेन्द्र चौधरी संग शनिवार कुराकानी भएको र उनले विपिनलाई हमासले लगेको जानकारी दिएको बताए । भदौको १८ र १९ गते ११ महिनाका लागि ‘लर्न एन्ड अर्न’ कार्यक्रम अन्तर्गत कृषि अनुसन्धान तथा कामका सिलसिलामा इजरायल पुगेका जोशी हमासको आक्रमणपछि जोशी शनिवारदेखि सम्पर्क बिहीन छन् ।

इजरायलमा रहेका विपिन संग सम्पर्क टुटेपछि जोशीको परिवार चिन्तामा डुबेको छ । सम्पर्क बिहिन रहेका विपिनका बुवा महानन्द जोशीले सामाजिक संजाल फेसबुकमा भाबुक स्टाटस लेख्दै भनेका छन्

छोराको स–कुशलका लागि भागवनसँग कामना गर्दै नेपाल सरकार र इजरायलमा रहेको नेपाली दूतावासलाई छोराको खोजी कार्य गरि सम्पर्कमा ल्याउन आग्रह समेत गरेका छन् । उक्त आक्रमणमा १० जना नेपाली विद्यार्थीको मृत्यु भएको छ । अन्य ४ जना घाइते भएका छन् । दुई जना भने सकुसल छन् । उनीहरू सबै जना सूदुरपश्चिम विश्वविद्यालयका विद्यार्थीहरू हुन् ।

सरकारले ४ दिन बितिसक्दा समेत आफ्ना नागरिक खाेज्न सकेकाे छैन ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>