Samriddhipost
२०८१ असोज ०९ गते बुधबार
महेन्द्रनगर
२०८० असोज २५ गते बिहिबार

महाकाली पारि सुदुर मिडियाकाे आयाेजनामा डे नाईट क्रिकेट हुने

दोधाराचाँदनीमा ‘डे नाईट क्रिकेट’ प्रतियोगिता हुने भएको छ । २६ असोज(शुक्रबार)देखि दोधाराचाँदनी नगरपालिका २ वडा कार्यालयको फिल्डमा ‘सुदूर मिडिया डे नाईट क्रिकेट’ प्रतियोगिता हुने भएको हो ।

‘लागु औषध त्यागौँ, खुसी जिवन तर्फ लाग्गौैँ’ भन्ने मुल नाराका साथ सुदूर मिडिया प्रालिले दोधाराचाँदनी नगरपालिकासंगको साझेदारीमा प्रतियोगिता आयोजना गरेको छ । आयोजक टिमले कञ्चनपुर क्रिकेट संघसंग समेत सहकार्य गरेको छ ।

सुदूर मिडिया प्रालिका अध्यक्ष एव प्रतियोगिता संयोजक सुरेश भट्टले सीमावर्ती दोधाराचाँदनी क्षेत्रबाट क्रिकेटका खेलाडी उत्पादनदेखि खेल क्षेत्रको विकासका लागि प्रतियोगिता आयोजना गरिएको बताए । उनका अनुसार प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ ।

अध्यक्ष भट्टले खेलकुद क्षेत्रकै विकासका लागि दोधराँदनीका १०वटै वडाबाट आउने टिमको निःशुल्क दर्ता गरिने छ । जबकी टिम दर्ताका लागि १५ हजार रुपैया शुल्क तोकिएको छ । ‘डे नाईंट साँझ ४ बजेदेखि राती १०सम्म खेलाईनेछ ।
प्रतियोगिताका विजेता टिमलाई नगद ७५ हजार, उपविजेता टिमलाई ३५ हजार सहित ट्रफि मेडल प्रदान गरिनेछ ।

म्यान आफ दि सिरजी नगद ५, बेष्टबलर, बेष्ट ब्याट्समेन ३÷३ हजार प्रदान गरिनेछ । १६ टिमविच प्रतिस्पर्धा हुनेछ । यस अघिदेखि संचालन हुँदै आएको डेनाईट सातौँ संस्करण भएपनि सुदूर मिडिया प्रालिले दोस्रो सस्करण गर्न लागेको हो । क्रिकेट प्रतियोगिताका सदस्य रमेश सिह साउदले टि १० प्रणालीमा सप्ट बलले खेल खेलाईने बताए । वडाका १० टिम सहित विभागिय विभिन्न कर्पोरेट क्षेत्रबाट टिम सहभागि भएका छन ।
दोधाराचाँदनी नगरका मेयर किशोर कुमार लिम्बुले प्रतियोगिताबाट नगरकै क्रिकेट क्षेत्रको विकास र खेलाडी उत्पादन हुने अपेक्षा राख्नुभयो । मेयर लिम्बुले प्रतियोगिताका माध्यमबाट युवाहरुलाई खेलतर्फ आर्कषित गर्नकै लागि पालिकाले समेत सहकार्य गरेको बताए ।

‘केही मान्छे र मिडियाले यस क्रिकेट प्रतियोगिता बारे पालिकाले गरिरहेको सहकार्यको भ्रम सृजना गरेको थियो, ‘मेयर लिम्बुले भने, ‘यसरी भ्रम सृजना गर्नु भन्दा सृजनात्मक काममा साथ सर्मथन आवश्यक रहेको हुन्छ ।’ गाँउमै फेरी डे नाईट क्रिकेट प्रतियोगिता संचालन हुने भएपछि क्रिकेटका दर्शक हर्षित भएका छन ।


#क्रिकेट

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>