Samriddhipost
२०८३ असोज ११ गते आइतबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८० असोज २५ गते बिहिबार

राजस्व छलिका सामान बेच्न नपाएपछि ब्यावसायीले गरे महेन्द्रनगर बजार बन्द ।

राजस्व छलिका सामान बेच्न नपाएपछि ब्यावसायीले कञ्चनपुरको महेन्द्रनगर बजार बन्द गरेक छन। प्रहरीले छापा हानेर दुःख दिएको भन्दै बिहिवार बजार बन्द गरिएको हो। 

महेन्द्रनगरमा छापा हानिएका ब्यावसायी नजिकका ब्यावसायी लगायतकाे अगुवाइमा महेन्द्रनगर बजार बन्द गरिएको छ। उनीहरूले दशैंको मुखमा छापा मारेर व्यवसायीहरूलाई आतंकित गरेको भन्दै त्यसको विरोधमा बजार बन्द गर्नुपरेको बताएका छन्।

एकजना युवाँ ब्यावसायीले नाम नराख्ने सर्तमा भने ब्यावसायीले भन्सार नतिरि ल्याएकाे सामान राख्ने र न्यून बिल बिजक भएका सामान राख्ने अवस्था रहेकाे छ । यस्ताे अवस्था सुधार गर्न राज्य संयन्त्र पनि लाग्नु पर्ने र ब्यावसायीले पनि नियम बमाेजिम ब्यावसाय गर्नुपर्ने हाे तर यहाँ अबैध देखिएकाे सामान पक्रदा बजार बन्द गरेर बस्नु गलत हाे । राज्यकाे नियम अनुसार चल्नुपर्ने राजस्व तिर्नु दायित्व समेत रहेकाे बताएका छन ।

यस घट्नामा कञ्चनपुर उद्योग वाणिज्य संघ भने मौन छ। व्यवसायीहरूले कञ्चनपुर उद्योग वाणिज्य संघ कहाँ छ भनेर प्रश्न समेत गरिरहेका छन्। प्रहरीले गत शुक्रवार तस्करीका प्लास्टिक जन्य सामानको गोदाममा छापा हानेको थियो। ११ लाखका भन्सार छलीका सामान बरामद गरिएको थियो। सरकारले प्रतिबन्ध गरेका प्लास्टिकजन्य वस्तु बेचबिखन गर्ने महेन्द्रनगरका १ व्यापारीको गोदाममा छापा मारेको हो। जिल्लाको भीमदत्त नगरपालिका–१८ का सुशील गुप्ताले सञ्चालन गरिरहेको हिमांशु प्लास्टिक स्टोरको गोदाममा छापा मारिएको थियो। भारतबाट भन्सार छलीेका सामान क्यारिङ गर्ने ब्यक्तिहरूको पिछा गर्दै जाँदा गोदाम पत्ता लागेको प्रहरीले जनाएको छ। प्रहरीले पसलका सञ्चालनमाथि अनुसन्धान गर्दैछ।

बुधवार फेरि कञ्चनपुर प्रहरीले करिव नौ लाखका सामान नियन्त्रणमा लिएको थियो। जिल्लाको भीमदत्त नगरपालिका–४ का विष्णु गुप्ताको पसल र गोदाममा प्रहरीले छापा मारेकाे हो। 
प्रहरी टोलीले गड्डाचौकीबाट भन्सार छली गरेका सामानहरू क्यारिङ गर्ने ब्यक्तिहरूको पिछा गर्दै गुप्ताको पसल र गोदामबाट करिव ९ लाख रुपैयाँ मूल्य बराबरका खाद्यान्न सामाग्री र किराना सामान फेला पारेको बताइएको छ।

जिल्ला प्रहरी प्रमुख यसपि कमल थापाले अबैध रुपमा रहेकाे बस्तु प्रहरिले हेर्ने भएका कारण अबैध बिल बिनाका सामान नियन्त्रणमा लिएर कार्वाहि प्रकृया अगाडि बढाएका छउ याे निरन्तर अगाढि बढ्ने बताएका छन ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>