Samriddhipost
२०८३ असोज ११ गते आइतबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८० असोज २५ गते बिहिबार

शनिवार समाजवादीकाे मेचिमहाकाली अभियान महेन्द्रनगर पुग्दै यस्ताे छ कार्यक्रम । भिडियाे सहित

नेकपा एकीकृत समाजवादी कञ्चनपुरले महेन्द्रनगरमा समाजवादीको जागरण अभियानलाई भव्य रुपमा स्वागत गर्ने तयारी गरेको छ । पूर्व झापाबाट सुरु भएर धनगढी भएर अभियान अशाेज २७ शनिबार डोके बजार हुँदै महेन्द्रनगर आउन लागेको हो ।

एकीकृत समाजवादीले बिहीबार अभियान सम्बन्धि जानकारी दिन गरेको पत्रकार सम्मेलनमा समाजवादीका केन्द्रीय सदस्य तथा जिल्ला सह इन्चार्ज प्रकाश रावल र इन्चार्ज लाल बहादुर खड्काले जनताका जनजीविका सहितका विषय समेटेर जागरण अभियान थालिएको बताए ।

शनिबार बिहान ९ बजेतिर कैलालीबाट दक्षिण पुनर्वास नगरपालिका ११ डोकेबजार भएर बेलौरी, ढक्का आरक्षपीडित शिबिर, बन्साह, कलुवापुर, झलारी, सुडा हुँदै  महेन्द्रनगर पुग्ने ईन्चार्ज खड्काले बताए ।

‘शनिबार अभियान महेन्द्रनगर आउनेछ, महेन्द्रनगर स्मारकमा सभा गर्ने छौ’ उनले भने, ‘अभियानमा सहभागी सबैलाई भव्य स्वागत गर्नेछौ ।’

अभियानमा समाजवादी अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल सहित नेता सहभागी छन् । समाजजादीका अध्यक्ष सहित डेढ सय जना सहभागी अभियान १४ असोजदेखि सुरु भएको थियो ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>