Samriddhipost
२०८३ असोज ११ गते आइतबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८० असोज २९ गते सोमबार

जिल्लाकै ठुलाे धनराशिकाे फुटवल प्रतियाेगिता कार्तिक १५ बाट सुरु हुने

कञ्चनपुरमा जिल्लाकै सर्वाधिक धनराशि पुरस्कार रहेको आठौँ लालझाडी कप फुटबल प्रतियोगिता २०८० कार्तिक १५ गतेबाट सुरु हुने भएको छ। आइतवार आयोजक लालझाडी युवा क्लब ११ ले पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिताबारे जानकारी दिएको हो। कार्तिक २५ गतेसम्म सञ्चालन हुने  मोहन स्मृति गुरुङ आठौँ लालझाडी कप फुटबल प्रतियोगिताको आइतवार ट्रफी पनि सार्वजनिक गरिएको छ।

प्रतियोगिताको विजेताले नगद २ लाख ५० हजार, उपविजेताले १ लाख २५ हजार ,उत्कृष्ट खेलाडीले २० हजार पुरस्कार पाउने क्लबका अध्यक्ष काशीराम बोहराले बताए। उनका अनुसार उत्कृष्ट फर्वाड,उत्कृष्ट मिडपिल्डर,उत्कृष्ट डिफेन्स,उत्कृष्ट गोल रक्षक,सर्वाधिक गोलकर्ता र उदयमान खेलाडीले नगद १० हजार प्राप्त गर्नेछन्। यस्तै प्रत्येक खेलको म्यान अफ द म्याचले २ हजार ५ सय प्राप्त गर्नेछन्।

यस वर्ष प्रतियोगितालाई सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्ले मुख्य प्रवर्धक रहेर साथ दिनेछ भने सह प्रवर्धकमा पुनर्वास नगरपालिका–१० नम्बर वडा रहेको छ। सुरुवाती चरणमा खसी बोका बाट पुरस्कार सुरु गरेको यस प्रतियोगिताले अहिले कञ्चनपुरकै सर्वाधिक धनराशिको बन्न पुगेको क्लबले जनाएको छ। आठौँ लालझाडी कपमा १६ टिमको सहभागिता रहनेछ। प्रतियोगितामा कञ्चनपुर जिल्ला भित्रका क्लबहरूले मात्र इन्ट्री पाउनेछन् भने प्रत्येक टिमले चार जना खेलाडीहरू जिल्ला बाहिरबाट पनि खेलाउन पाउने अध्यक्ष बोहराले जानकारी दिए। अझै विकसित गरेर आगामी वर्षमा प्रदेश स्तरीय बनाउने सोच रहेको उनको भनाई थियो।

प्रतियोगितामा सहभागिताको लागी प्रवेश शुल्क १० हजार तोकेको छ। इन्ट्री गर्ने समय कार्तिक १२ गते साँझ ५ बजेसम्मलाई तोकिएको छ। कार्यक्रमका प्रमुख अतिथि सुदूरपश्चिम प्रदेश खेलकुद परिषद् सदस्य सचिव दीपक सिंहले क्लबले गरेको कार्यले क्लबलाई सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्ले यस वर्ष मुख्य प्रवर्धकको रुपमा रहेर साथ दिएको बताए। उनले आगामी वर्षहरूमा क्लबको मूल्याङ्कन हेरी सहयोग गर्न सकिने समेत बताए।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>