Samriddhipost
२०८१ असोज ०९ गते बुधबार
महेन्द्रनगर
२०८० असोज २९ गते सोमबार

दार्चुला बैतडिमा परेकाे असिना पानिले खेतिपाति र खर घाँसमा क्षति ।

दार्चुलाकाे लेकम र बैतडीकाे केही क्षेत्रमा आइतबार साझँ अचानक परेको असिना पानीले धान र तरकारीबालि नष्ट गरेको छ । जिल्लाको लेकम, मालिकार्जुन गाउँपालिका, शैल्यशिखर नगरपालीका बैतडीको  डिलाशैनी गाउँपालिका, दोगडाकेदार गाउँपालिका र पुर्चौडी नगरपालिकाका अधिकांश किसानको बालिनाली नष्ट भएको किसानहरुले बताएकाछन् ।

खेतमा चुट्न ठिक्क पारेको धान र भट्मास सबै सखाप भएको शैल्यशिखर–७का धिरज धामिले बताए । ढिलो छरेको धान र भट्मास नष्ट हुँदा किसनाहरु चिन्तीत बनेको उनले बताए । यस क्षेत्रमा साँझ ५ बजेदेखी असिनापानी परेको पत्रकार हरि प्रसाद जोशीले बताए ।

असिनापानीले मुख्य खाद्यबालिको रुपमा धान र भट्मास नै सखाप गरिदिएपछि भोकमरीको चिन्ता बढेको उनको भनाई छ । धान र भट्मासका साथै किसानहरुले आफ्नो खेतमा लगाएको सबै तरकारी बालि समेत असिनापानीले नष्ट गरेको बताएकाछन् ।

यश क्षेत्रमा दिनभरी मौसम सफा रहेपनि साझँपख बर्षा भएको छ । बर्षाका कारण किसानहरुले आ–आफ्नो खरबारिमा काटेर सुकाएको खर(गाज्याे) घाँस समेत भिजेकाे छ । हिउँदको महिनामा पशुचौपायाका लागि काटेर सुकाएको खर बगाउदाँ किसानहरु चिन्तीत बनेका छन् । हिउँदमा पशुचौपायालाई खुवाउन अहिले सबै खरबारिकाे घाँस काटेर सुकाउने गरिन्छ ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>