Samriddhipost
२०८१ असोज ०९ गते बुधबार
महेन्द्रनगर
२०८० असोज ३० गते मङ्गलबार

बेदकाेट ८ मा जग्गाधनी पुर्जा दिन सुरु, एक कार्यक्रम गरि दिईयाे पुर्जा ।

कञ्चनपु्रको बेदकोट नगरपालिका एक वडाका किसानलाई जग्गाधनी प्रमाण पत्र(लालपुर्जा) वितरण गरिएको छ । बेदकोट नगरपालिका ८ का स्थानीय किसानलाई जग्गाधनी प्रमाण पत्र(लालपुर्जा) वितरण गरिएको हो । मंगलबार एक कार्यक्रमका विच राष्ट्रिय भूमि आयोग कञ्चनपुर र बेदकोट नगरपालिकाले उनीहरुलाई लालपुर्जा वितरण गरेको छ । 

जमिन उपभोग गरेको बषौँपछि बेदकोट ८ का स्थानीय ७० जना किसानले जमिनको स्वामित्व पाएका छन । झण्डै ६ दशक अर्थात ५८ बर्षपछि उनीहरुले जमिनको लालपुर्जा पाएका हुन । स्व.महेन्द्रराजाले ऐलानी खोलेका बेला ०२२ सालदेखि यता पहाड सहित अन्यन्त्र जिल्लाबाट साविक सुडा पञ्चायत, गाविस हुँदै हाल बेदकोट नगरपालिका ८ मा बसाईसरी आएका थिए । यस विचमा लालपुर्जा पाउनबाट बञ्चित एव छुट स्थानीयले अहिले आएर पाएका छन । 

बेदकोट नगरपालिका ८ का वडाध्यक्ष महेशराज जोशीले लामो समयको प्रतिक्षा पछि ७० किसानलाई लालपुर्जा वितरण गर्न सफल भएको बताए । वडाध्यक्ष जोशीले वडाबाट २सय १३ किसानलाई लालपुर्जा वितरणका लागि सिफारिस गरेपनि जिल्ला भूमि आयोगले ७० जना किसानलाई मात्रै लालपुर्जा वितरण गरेको बताए । ‘वडाध्यक्ष जोशीले वडाबाट सिफारिस भएका केही छुटेका छन, ‘उनले भने, ‘उनीहरुको विषयमा समेत आयोगले शिघ्र निर्णय लिएर अघि बढ्नुपर्छ ।’ वडाध्यक्ष जोशीले बषौँदेखि जमिन उपभोगदेखि संरक्षण गर्दै आएका किसानले ढिलोगरी लालपुर्जा पाएको बताए । बेदकोट नगरका मेयर भोजराज बोहराले ८ नम्बर वडा जस्तै अन्य वडाहरुमा समेत लालपुर्जा वितरण गरिने बताए । मेयर बोहराले वडाध्यक्ष महेश दत्त जोशी पालिका, आयोग सहितको प्रयासले केही किसानलाई लालपुर्जा वितरण गर्न सफल भएको बताए । मेयर बोहराले अन्य वडाध्यक्षहरुलाई समेत आयोगको कामकाज अघि बढाउन आब्हान गरेका छन । मेयर बोहराले आयोगले बेदकोट नगरका १० वटै वडामा बाँकी रहेको काम शिघ्र गर्नुपर्ने अनुरोध गर्दै आवश्यक स्रोत साधन दिईने बताए । ‘हामी अन्य वडामा समेत शिघ्र लालपुर्जा वितरण गछौँ, ‘मेयर बोहराले भने, ‘यस अघि जमिन नापजाँच भएको छ ।’ भूमि आयोग कञ्चनपुरका सदस्य सचिव एव प्रमुख नापी अधिकृत पुष्कर पालले बेदकोट नगरपालिका ८बाट सिफारिस भएका मध्ये बाँकीको कानुनी रुपमा प्रमाण अपुग भएकाले पहिलो चरणमा ७० जनालाई लालपुर्जा वितरण गरिएको बताए । राष्ट्रिय भूमि आयोग कञ्चनपु्रका अध्यक्ष देवेन्द्र ढुङ्गानाले यस अघि कृष्णपुर र अहिले बेदकोट नगरमा लालपुर्जा वितरण शु्रु गरिएको बताए । ‘यो भूमि आयोगको काममा जुन वडा पालिकाले जति सक्यो, छिटो काम अघि बढाउँछन, उनीहरुलाई आयोगले लालपुर्जा वितरण गर्न सहज हुन्छ, ‘अध्यक्ष ढुङ्गानाले भने, ‘अन्य पालिकाले समेत आयोगको कामकाजमा थप सहजिकरण गर्नुपर्छ ।’ अध्यक्ष ढुङ्गानाले बेदकोट लगत्तै अन्य पालिकाहरुमा समेत लालपुर्जा वितरण गरिने बताए । कार्यक्तमका बिशिष्ठ अतिथि सुदूरपश्चिम प्रदेश सभा सदस्य एव पुर्वमन्त्री प्रकास रावलले बषौँदेखि जमिन उपभोग गर्दै आएका किसानलाई जमिनको स्वामित्व हस्तान्तरण गर्ने कार्यले जनता र राज्य दुवै लाभान्वित हुने बताए । त्यसका लागि प्रदेश सभाका तर्फबाट आवश्यक सहयोग समन्वय गर्ने बताए । कार्यक्रमका प्रमुख अतिथि संविधान सभा सदस्य समेत रहेका सुप प्रदेश सभा सदस्य बहादुर सिह थापाले समेत यसरी नै बाँकी सबै किसानलाई जमिनको स्वामित्व हस्तान्तरण गर्दै जानुपर्ने बताए । उनले पनि आफ्नो तर्फबाट आवश्यक सहयोग गर्ने बताए । झण्डै ६ दशकपछि जमिनको मालिक भएका स्थानीयले लालपुर्जा पाएपछि खुसी व्यक्त गरेका छन । उनीहरुले बेदकोट ८, नगरपालिका नेतृत्व एव राष्ट्रिय भूमि आयोगप्रति आभार प्रकट गरेका छन । स्थानीय रमेश धामीले बाजेका पालामा बसेको र अहिले नातीका पालामा आएर जमिनको स्वामित्व पाएको बताए । ‘हामी त यहाँ दार्चुलाबाट आएका हौँ, ‘उनले भने, ‘यो ५८ बर्षसम्म जमिन जोते खाए तर कानुनी रुपमा हामीसंग जमिनको केही प्रमाण थिएन, आज पाएर खुसी भएका छौँ ।’लालपुर्जा पाएकी अर्की स्थानीय कुमा शाहीले पनि ससुराका पालामा ०२२ सालतिर बसेको र अहिले ०८० सालमा आएर मात्रै लालपुर्जा पाएको बताईन । ‘हाम्रो परिवार उतिबैले ऐलानी खुलेका बेलामा बसेको थियो, ‘उनले भनिन, ‘यस विचमा कुनै पनि सरकार र आयोगले हामीलाई लालपुर्जा दिएर अहिलेका जनप्रतिनिधी, सरकार र आयोगले हामीलाई जमिनको मालिक बनाएको छ, हामी खुसी भएका छौँ ।’

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>