Samriddhipost
२०८२ फागुन ०६ गते बुधबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८० कार्तिक ०३ गते शुक्रबार

बेलडाँडी फुटबल महाेत्सवमा आजदेखि क्वाटरफाइनलका खेल हुने

जिल्लाको दक्षिणी क्षेत्र बेलडाँडी गाउँपालिका मा सञ्चालन रहेको बेलडाँडी फुटबल महोत्सव २०८० अन्तर्गत आज देखि क्वाटरफाइनलका खेल सुरु हुने भएका छन् ।

विजया दशमी तथा शुभ दिपावलिको अवसरमा एकता युवा समाज बेलडाँडी द्वारा आयोजना गरेको बेलडाँडी फुटबल महोत्सव २०८० को क्वाटरफाइनलमा आठ टिम पुगेका छन् ।

जसमा समुह “ए” अन्तर्गत एकता युवा समाज “ए” , बेलडाँडी गाउँपालिका, झिल्मिला युवा समाज “ए” र जय लक्ष्मी युवा क्लब र समुह “बि” अन्तर्गत क्याम्प युवा क्लब, दिप ज्योती ,नेपाल पुलिस क्लब र झिल्मिला युवा समाज “सि” क्वाटरफाइनल पुग्न सफल भएका एकता युवा समाजका अध्यक्ष ललित गिरिले बताउनु भयो।

उनका अनुसार , क्वाटरफाइनलको पहिलो खेल समूह “ए” अन्तर्गत आज कार्तिक ३ गते शुक्रबार एकता युवा समाज “ए” र बेलडाँडी गाउँपालिका बिच बिहान ८ बजे , दोस्रो क्वाटरफाइनलको खेल समुह “बि” अन्तर्गत झिल्मिला युवा समाज “सि” र नेपाल पुलिस क्लब बिच बिहान १० बजे , तेस्रो क्वाटरफाइनल खेल समुह “बि” अन्तर्गत क्याम्प युवा क्लब र दिप ज्योति बिच दिउँसो १ बजे र चौथो अर्थात क्वाटरफाइनलको अन्त्तिम खेल समूह “ए” अन्तर्गत झिल्मिला युवा क्लब “ए” र जय लक्ष्मी युवा क्लब बीच दिउँसो ३ बजे रोमाञ्चक खेल हुने छन।

प्रतियोगितामा विभिन्न क्लब संघसंस्थाका २२ टिमको सहभागिता रहेको थियो भने प्रतियोगिता असोज २८ गते एक कार्यक्रमका साथ उद्धघाटन भएको र उक्त प्रतियोगिताको समापन अर्थात फाइनल खेल कार्तिक ६ गते रौलेश्वर माध्यमिक विद्यालयको खेलमैदानमा हुने छ।

प्रतिक्रिया

घर / जग्गा सबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>