Samriddhipost
२०८२ फागुन ०४ गते सोमबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८० कार्तिक ०७ गते मङ्गलबार

मनाेकामना पूरा गर्न रागा मार, मार हान्न तिरियाे तीन लाख तीस हजार

राँगोको मार हान्न टेन्डर, मनाेकामना पूरा गर्न तिरे तीन लाख तीस हजार। वडा दसैँ अन्तर्गत नवमीको दिन म्याग्दीको रघुगंगा गाउँपालिका २ मा रहेको भगवती कोट मन्दिरमा राँगो मार हान्न हरेक वर्ष बोलकबोल हुन्छ । पूजा समितिले एउटा राँगो मार हान्नेलाई न्यूनतम ६७ हजार मूल्य तोकेर बढिबढाउमा राखेको थियो । 

सोही वडामा पर्ने सिजलगाउँका एकेन्द्र भण्डारीले ३ लाख ३० हजारमा बोलकबोल गरे । समितिले उनैलाई मार हान्ने अधिकार दियो । कोट मन्दिरमा विधिपूर्वक पूजा गरेपछि उनले राँगो मार हानेका हुन् । अघिल्लो वर्ष ३ लाख १५ हजारमा टेन्डर लागेको थियो । 

नवमीको दिन कोटमा यसरी राँगो मार हान्नेको मनोकाङ्क्षा पूरा हुने जनविश्वास छ । उति बेला बाइसे/चौबिसे राज्य सञ्चालनका समयदेखि नै यहाँ राँगो मार हान्ने चलन थियो । राँगो मार हानेपछि भण्डारीलाई पूजा समिति र स्थानीयले भव्य अभिनन्दन गरेका छन् । 

‘यहाँ राँगो मार हानेपछि रोकिएका सबै काम बन्ने जनविश्वास छ । यो आजको विश्वास होइन, ३ सय वर्ष पुरानो हो,’ प्रदेश सांसद हरिबहादुर भण्डारीले भने, ‘आज पनि त्यो विश्वास टुटेको छैन । समय अनुसारको मनोकाङ्क्षा पूरा भएको भन्नुहुन्छ सबैले ।’ 

राँगो मार हान्न कालरात्रिको दिन बढिबढाउ हुन्छ । ‘हजारौँ आउँछन्, जो विजय हुन्छ उसले पाउने हो । ५५ मिनेटसम्म प्रतिस्पर्धा हुन्छ । यो अवधिमा जसले धेरै कबोल गर्‍यो उही विजेता हो,’ भण्डारी भन्छन्, ‘कबोलका लागि देशभरिबाट जो आए पनि हुन्छ ।’ सरकारी राँगो, सरकारी एउटा बोका र सामूहिक एउटा राँगोको खरिद मूल्यलाई न्यूनतम मूल्य राखेर टेन्डर निकालिन्छ । तीनवटैलाई यो वर्ष ६७ हजार मूल्य तोकिएको समितिका अध्यक्ष थानबहादुर भण्डारीले जानकारी दिए ।

प्रतिक्रिया

घर / जग्गा सबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>