कैलालीमा एक युवाले एक्लै एक सरकारी मोटरसाइकल नियन्त्रणमा लिएका छन् ।
जिल्लाको अत्तरियाबाट सार्वजनिक बिदाको दिन अनुमति बिना चलाइएको सरकारी मोटरसाइकल स्थानीय युवा भुवन भट्टले नियन्त्रणमा लिएका हुन् ।
सुदूरपश्चिम प्रदेश ०१००१ ब २०८६ नम्बरको उक्त मोटरसाइकल नियन्त्रणमा लिएर ट्राफिक प्रहरी कार्यालय अत्तरियालाई बुझाएपछि प्रहरीले मोटरसाइकल चेकजाँच गर्दा बिना अनुमति सार्वजनिक विदाको दिन गुडाएकोले नियन्त्रणमा लिएको थियो ।
उक्त मोटरसाइकल सहरी विकास तथा भवन निर्माण कार्यालयका सव इन्जिनियर उपेन्द्र महतराले गुडाएका थिए । मोटरसाइकल अहिले सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियामा राखिएको प्रहरीले जनाएको छ ।
महतरा संग माेटरसाईकलकाे कुनै कागजात फेला नपरेकाे ट्राफिक प्रहरिले बताएको छ ।
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर
थप जानकारी >>
प्रतिक्रिया