Samriddhipost
२०८१ असोज ०५ गते शनिबार
महेन्द्रनगर
२०८० कार्तिक १२ गते आइतबार

सुदुरपश्चिममा माओवादी विशेष रुपान्तरण आवधिक समीक्षा बैठक सुरु

नेकपा (माओवादी) केन्द्र सुदूरपश्चिम प्रदेश समितिको ३ महिने विशेष रुपान्तरण अभियानको आवधिक समिक्षा बैठक सुरु भएको छ ।

डडेल्धुराको अजयमेरु गाउँपालिकामा आइतबारबाट प्रदेश समितिको आवधिक समिक्षा बैठक सुरु भएको हो । आवधिक समिक्षा बैठकमा माओवादी केन्द्रले भाद्र १६ गतेबाट सञ्चालन गरेको रुपान्तरण अभियानको प्रभावकारिता,समस्या,चुनौति,सुधारका पक्ष,आगामी कार्ययोजना लगायतका विषयमा छलफल हुने माओवादी केन्द्रका प्रदेश सचिव जनक बुढाले जानकारी दिए ।

समिक्षा बैठक माओवादी केन्द्रका केन्द्रीय उपमहासचिव तथा प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेलको प्रमुख आतिथ्यता तथा माओवादी केन्द्रका स्थायी समिति सदस्य खगराज भट्टको अध्यक्षतामा सुरु भएको सचिव बुढाले बताए ।

सोमबारसम्म चल्ने उक्त बैककमा केन्द्रीय सदस्य, केन्द्रीय सल्लाहकार परिषद सदस्यहरु,प्रदेश पदाधिकारी,जिल्ला संयोजक/सचिवहरु, जेष्ठ कम्युनिस्ट मञ्चका सदस्यहरु र अभियान टोलीका कमाण्डरसहित १ सय २० जनाको सहभागिता रहेको सचिव बुढाले बताए ।

माओवादी केन्द्रको केन्द्रीय समितिको बैठकले भदौ १६ गतेदेखि मंसिर १५ गतेसम्म ‘जनतासँग माओवादी विशेष रुपान्तरण’ अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो । सोही अनुसार माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भदौ १६ गते केन्द्रीय कार्यालय पेरिसडाँडाबाट देशभरका ६ हजार ७ सय ४३ वडामा एकै साथ अभियानको उद्घाटन गरेका थिए ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>