Samriddhipost
२०८२ माघ १८ गते आइतबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८० कार्तिक १४ गते मङ्गलबार

शुक्लफाँटामा बाडियाे १२० कुन्टल आलुकाे बीउ

व्यावसायिक तरकारी खेतीमा संलग्न किसानलाई शुक्लाफाँटा नगरपालिकाले ५० प्रतिशत अनुदानमा उन्नतजातको आलुको बीउ वितरण गरेको छ। आलुखेतीलाई प्रवर्द्धन गर्ने उद्देश्यले नगरपालिकाको कृषि विकास शाखाले एक सय २० किसानलाई एक सय क्विन्टल आलुको बीउ वितरण गरेको हो।

वडा कार्यालयले तीन वर्षदेखि निरन्तररूपमा व्यावसायिक तरकारी खेतीमा संलग्न किसानको नाम छनोट गरी पठाएपछि सोही आधारमा आलुको बीउ वितरण गरिएको कृषि विकास शाखका प्रमुख करनसिंह बुढा ऐरले बताए। 'छनोटमा परेका नगरपालिकाको १२ वटै वडाका आठ किसानलाई एक क्विनटलका दरले आलुको बीउ वितरण गरेका छौँ', उनले भने, 'वडाका दुई जना किसानलाई आलुको मूल बीउ एक सय ५० दानाका दरले वितरण गरिएको छ।'

शिलबन्दी दरभाउ पत्रअनुसार खरिदकर्ताको छनोट गरी आलुको बीउ खरिद गरी किसानलाई वितरण गरिएको शाखा प्रमुख बुढाऐरको भनाइ छ। किसानलाई कार्डिनल, डिजिरे, जनकदेव, एमएस, खुमलटार रातो आलुको बीउ वितरण गरिएको छ। आलुको बीउ खरिदका लागि र तीन लाख ६१ हजार रकम खर्च गरिएको छ।

प्रतिक्रिया

घर / जग्गा सबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>