Samriddhipost
२०८१ असोज ०९ गते बुधबार
महेन्द्रनगर
२०८० कार्तिक १५ गते बुधबार

नेताज्यूहरुले त देश नै बेच्न खोजिसक्नु भयो तर काठमाडौँ महानगर बिक्रीमा छैन : मेयर बालेन

काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले कुनै निजी कम्पनीबाट पैसा खाएर उपत्यका मेयर फोरमको बैठक बोलाइएको गम्भीर आरोप लगाएका छन् । मंगलबार ललितपुर महानगरपालिकामा बसेको फोरमको बैठक बिचैमा छाडेर बाहिरिएका शाहले सामाजिक सञ्जालमार्फत यस्तो आरोप लगाएका हुन् ।

१७ वटा नगरपालिकाले कुनै निजी कम्पनीबाट पैसा खाएर बसाएको बैठक बहिस्कार गरेर आफूले कसैको अपमान नगरेको मेयर शाहको तर्क छ । उनले भनेका छन्, ‘नेताज्यूहरुले त देश नै बेच्न खोजिसक्नु भयो तर काठमाडौँ महानगर बिक्रीमा छैन । तपाईंहरुले पुरै देश नै बेच्नु भयो भने पनि काठमाडौँ एक्लै भए पनि नेपाल भनेर उभिनेछ ।’

फोरमको बैठकको अध्यक्षता ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले गरेका थिए । बैठकमा उपत्यकाको फोहोर व्यवस्थापनको विषयमा नेप वेस्ट नामक संस्थालाई दिनेबारे छलफल गर्न खोजिएको थियो । तर, यसबारे कम्पनीलाई नदिने भनेर अघिल्लै बैठकमा निर्णय भइसकेकोमा मंगलबारको बैठकमा किन एजेन्डा राखिएको भन्दै शाहले असन्तुष्टि जनाएका थिए ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>