Samriddhipost
२०८१ असोज ०९ गते बुधबार
महेन्द्रनगर
२०८० कार्तिक १६ गते बिहिबार

अपि हिमाल अध्यक्ष पुरुष टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधी  वडा ४ काे हातमा

दार्चुलाको अपिहिमाल गाउँपालिकामा सम्पन्न भएको वडा स्तरीय प्रथम अध्यक्ष पुरुष टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधी वडा नम्बर ४ ले हात पारेको छ । अपिहिमाल गाउँपालिकाको आयोजना तथा गाउँपालिका खेलकुद विकास समितिको सहजिकरणमा सञ्चालन भएको वडा स्तरीय प्रथम अध्यक्ष पुरुष टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको फाइनलमा वडा नम्बर ३ लाई पराजित गर्दै वडा नम्बर ४ ले उपाधी जित्न सफल भएको हो ।

फाइनलमा वडा नम्बर ४ संग पराजित वडा नम्बर ३ ले उपविजेतामा चित्त बुझाएको छ । खेल टि–ट्वान्टी फरम्याट लिगकम नकआउटका आधारमा खेलाइएको थियो । अन्तर पालिका स्तरीय क्रिकेट प्रतियोगिता आयोजना गर्ने लक्ष भएपनि अरु पालिकाबाट टिम दर्ता हुन नसके पछि पालिकाले वडा स्तरीय क्रिकेट प्रतियोगिताको आयोजना गरेको बताइएको छ ।

प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने टिमले ७५ हजार ५५५ नगद, मेडल, प्रमाणपत्र तथा ट्रफी, द्धितिय स्थान हासिल गर्ने टिमले नगद ५० हजार ५५५ मेडल, प्रमाणपत्र तथा ट्रफी प्राप्त गरेको आयोजकले जनाएको छ । प्रतियोगितामा प्लेयर अफ दी टुर्नामेन्ट, बेष्ट बलर, ब्याटर, इर्मजिङ प्लेयर, म्यान अफ दी म्याच लगायतलाई समेत सम्मानित गरिएको समितिले जनाएको छ ।

 

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>