Samriddhipost
२०८३ असोज ११ गते आइतबार
ट्रेन्डिङ
महेन्द्रनगर
पप्पु गुरुङ्ग पप्पु गुरुङ्ग
२०८० कार्तिक १९ गते आइतबार

हात्तीले खेतीवाली नष्ट गरे संगै बडुवाल टोलमा खाद्यान्नको अभाव, सहयोगको लागी अनुरोध

बडुवाल टोलमा जंगली हात्तीले खेतवाली नष्ट गरे संगै बस्तीमा खाद्यान्नको अभाव श्रजना भएको छ् । दोधारा चाँदनी नगरपालिका– ३ बडुवाल टोलमा गएको तिन महिना देखि जंगली हात्तीले बस्तीमा पसेर धान, मकैवाली नष्ट गरेसंगै बस्तीमा खाद्यान्नको अभाव श्रजना भएको हो । दोधारा चाँदनी नगरपालिका– ३ वडा कार्यालयले संकलन गरेको एक तथ्यांक अनुसार बस्तीमा ८३ घरपरिवारको जंगली हात्तीले धान तथा मकैवाली नष्ट गरेको छ् । खाद्यान्नको अभाव संगै दोधारा चाँदनी नगरपालिका– ३ का वडाध्यक्ष हरिसिंह धनाडी, वडा सदस्य राधा सुनार, वडा नं. ५ का वडाध्यक्ष केशव खत्रीको एक टोली आज नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लु) का कार्यकारी निर्देशन अशोक बिक्रम जैरु, नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लु) सुद्दढ परियोजनाका कार्यक्रम संयोजक राजकुमार सुनार संगै भेट गरि बस्तीमा देखिएको खाद्यान्नको अभावको बिषयमा छलफल गरेका छन् । ‘बडुवाल टोलमा जंगली हात्तीको कारण श्रजना भएको खाद्यान्न अभावको बारेमा नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लु) संग सहयोगको अपिल गरेका छौं’ दोधारा चाँदनी नगरपालिका– ३ का वडाध्यक्ष हरिसिंह धनाडीले भने– ‘बस्तीमा खाद्यान्न अभावलाई पुरा गर्न हामीले पहल थालेका छौं ।’ खाद्यान्नको अभाव पछि दोधारा चाँदनी नगरपालिका कार्यपालिका बैठकले केही दिन अघि मात्रै बडुवाल टोलका लागी रु. २ लाख बजेट बिनियोजन गरेको छ् । बडुवाल टोलमा दुई सातामा ७ घर हात्तीले भत्काईदिएको छ् । खेतमा अन्नवाली सकिए संगै हात्तीले अहिले घर भत्काएर खाद्यान्न नष्ट गर्न थालेको हो । दोधारा चाँदनी नगरपालिका– ५ का वडाध्यक्ष केशव खत्रीले बस्तीमा हात्तीले गर्दै आएको क्षती तथा मानविय क्षतीको जोखिमका बिषयमा समेत नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लु) का कार्यकारी निर्देशक अशोक बिक्रम जैरु संग छलफल गरिएको बताएका छन् । बडुवाल टोल बस्तीमा हात्तीको कारण एक छाक टार्न समेत समस्या रहेको अवस्थामा बिगत लामो समय देखि यस क्षेत्रको मानविय समर्पित संस्था नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लु) मा सहयोगको लागी अनुरोध गरिएको दोधारा चाँदनी नगरपालिका– ५ का वडाध्यक्ष केशव खत्रीले बताएका छन् । सहयोगको बिषयमा संस्था सकारात्मक रहेको उनले बताएका छन् ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>