Samriddhipost
२०८१ असोज ०९ गते बुधबार
महेन्द्रनगर
२०८० कार्तिक २१ गते मङ्गलबार

जनताका समस्या बुझ्न माननीय बिक पुगिन जनताका घर आगनमा

दार्चुलाबाट निर्वाचित प्रदेशसभा सदस्य एवं माओवादी केन्द्रकि नेता लक्ष्मी विक कृषि प्राविधिक टाेलि सहित जनताकाे घर दैलाेमा पुगेकि छिन् । अहिले जिल्लाका जनता, पार्टीका  नेताहरू संग भेटघाट र दिपावली तथा छठ पर्वकाे शुभकामना आदान प्रदान कार्यक्रममा रहेकी प्रदेश सभा सदस्य लक्ष्मी विक जिल्लाकाे मालिकार्जुन गाउपालिका गाउँपालिका- ७ डिन्सी रतकाेट, औतालेक लगायत क्षेत्रका जनताकाे घरदैलाेमा कृषि प्राविधिक  सहितकाे टाेलि लिएर जनताकाे घरदैलाेमा पुगेकि हुन् ।

उनी कृषि ज्ञान केन्द्र दार्चुलाका प्राविधिकहरू र कार्यालय प्रमुख सिद्धराज उपाध्याय समेतकाे टाेलि सहित जनताकाे घर-घरमा पुग्नु भएकाे हाे ।

साेहि अवसरमा त्यहाँका जनताले कृषिमा भाेग्नु परेकाे समस्या, चुनाैति र सामाधानका विषयमा स्थानिय जनता संग प्रत्यक्ष रूपमा अन्तरक्रिया कार्यक्रम गरिएको गरिएकाे स्थानियले बताएका छन ।

प्रदेश सांसद विकले किसानहरुकाे समस्या समाधानका लागि नीति निर्माता राजनैतिक दलका नेताहरु,  नीति कार्यान्वयनकर्ता कर्मचारी तथा किसानहरु संयुक्त प्रयासले मात्रै समाधान हुने भएकाले यसका लागि आफुले कृषि क्षेत्रका सुधारात्मक विभिन्न कार्यक्रम ल्याउने बताउनु भयाे ।

उनले भने “सरकारले दिने अनुदान र ऋणकाे तुलनामा कृषि उत्पादन नवढेकाे भन्दै वास्तविक किसानहरु सम्म अनुदान पुग्न नसकेकाे, उत्पादन कृषि वस्तुले बजारीकरणकाे समस्या रहेकाे वताउदै यसका लागि समेत समस्या समाधनका लागि लाग्ने प्रण गरछु ।”

`अनुदान नीति ब्यवहारिक नभएकाे हिमाली पहाडी र तराईका जिल्लाहरु एउटै मापदण्ड र आधार रहेकाे दार्चुला जस्तो विकट क्षेत्र जहाँ लागत वढी हुन्छ त्यहाँ अनुदान ५० हाेईन ८० प्रतिशत बनाउन आफुले पहल गर्ने समेत संसद विकले वताउनु भयाे ।´

यसैगरी उक्त टाेलिमा रहेका कृषि ज्ञान केन्द्र दार्चुलाका प्रमुख सिद्धराज उपाध्यायले आफुहरु किसानका नीतिगत, प्राविधिक, बजारीकरण समस्या समाधान गरि कृषि सेवालाई कृषकहरुकाे घरदैलाेमा पुर्याउनका लागि प्रयासरत रहेकाे वताएका छन ।

उनले “कृषिकाे ब्यसायीकरण र आधुनिकीरण गरी उत्पादन वृद्धि गर्ने, कृषिकहरुलाई प्राविधिक ज्ञान सीप दिने ज्ञान केन्द्रकाे लक्ष्य अनुरुप काम गर्ने वताए ।”

स्थानीय कृषकहरुले ब्यवसायिक उत्पादन गरेकाकाे लागि बजार नभएकाे, तरकारी खाध्यान्न वालीमा राेग लाग्ने, वादर र बदेलले समेत बालीनाली नाेक्सान गर्ने, सिचाँईकाे अभाव त्यहाँकाे प्रमुख समस्या रहेकाे सांसद विकले बताए ।

साेहि अवसरमा ५० जना विपन्न किसानलाई तरकारीकाे बीउ मिनिकिट वितरण गरेर लगाउने तरिकाकाे वारेमा प्रााविधिक टाेलिले बताउदै विभिन्न कृषिका समस्यााका बारेमा छलफल गरिएकाे थियाे ।

यसैबिच इजरायल र हमास युद्धमा परि ज्यान गुमाएका व्यक्तिका  आफन्तसंग समेत भेटघाट गरि मृतकलाई श्रद्धाञ्जली ब्यक्त गर्दै परिवारजनलाई समवेदना प्रकट गर्नुभएको छ । 

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>