जाजरकोटमा गएको भूकम्पबाट पीडित भएकालाई राहत सामग्री बोकेर चिनियाँ सेनाका दुई जहाज नेपाल आइपुगेको छ । चीनबाट राहत सामग्री बोकेर दुई कार्गो विमान बुधबार बिहान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको हो । चिनियाँ विमानले ल्याएको राहत सामाग्री भूकम्प प्रभावित क्षेत्रमा लगिनेछ ।
उत्तरी छिमेकी राष्ट्र चीनले दुई चरणमा भूकम्प पीडितका लागि राहत दिने घोषणा गरेको छ । यसअघि प्रभावितहरूका लागि १० करोड रुपैयाँको राहत सामग्री दिने घोषणा गरेको चीनले मंगलबार थप २८ करोड बराबरको राहत घोषणा गरेको थियो ।
यसअघि पहिलो चरणमा राहत सामग्री बोकेका ट्रकहरू सोमबार केरुङ हुँदै नेपालको रसुवागढी नाकाबाट काठमाडौंतर्फ आइसकेको छ ।
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर
थप जानकारी >>
प्रतिक्रिया