Samriddhipost
२०८१ जेठ ०५ गते शनिबार
महेन्द्रनगर
२०८० कार्तिक २८ गते मङ्गलबार

कंचनपुरमा तिहारकाे लागि बालेकाे दियाेबाट भयाे आगलागी
फायल तस्बिर

कञ्चनपुरको दुई अलग–अलग ठाउँमा आगलागी हुदा लाखौंको क्षति भएको छ ।
जिल्लाको भीमदत्त नगरपालिका–१८ पुष्पलाल चोक बस्ने राजिव गुप्ताको घरमा रहेको कपडा पसलमा दियोबाट आगो सल्किएर आइतबार राति आगलागी भएको प्रहरीले जनाएको छ। आगलागी हुँदा करिब ४ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको जनाइएको छ।

      यस्तै कृष्णपुर नगरपालिका–५ गुलरियाका डम्बरबहादुर रावलको घरमा बालेको दियाबाट आगो सल्किएर आइतबार राति आगलागी भएको छ। रावलको घरमा आगलागी हुँदा करिब २ लाख ५० हजार रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।


#आगलागी

प्रतिक्रिया