Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८० कार्तिक २८ गते मङ्गलबार

भिमदत्तमा जुवा खेलेकाे आराेपमा २८ जना पक्राउ

प्रहरीले भीमदत्त नगरपालिका १७ बाट २८ जना जुवाडेलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको प्रहरी टोलीले सोमबार राति दुई लाख ५८  हजार नगद रकम सहित उनीहरुलाई पक्राउ गरिएको हो ।

पक्रा्उ गरिएका सबै जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ । उनीहरुमाथि मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाउने प्रहरीको तयारी छ । 

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश डाँगी नेतृत्वको प्रहरी टोलीले जुवाखालमा छापा हानेको थियो । प्रहरीका अनुसार स्थानीय भीम बहादुर ठगुन्नाको घरमा जुवातास भई रहेको सूचनाका आधारमा छापा हानिएको थियो ।

प्रहरीले सोमबार राति ८ बजे उनीहरुलाई पक्राउ गरेको थियो । प्रहरीका अनुसार पक्राउ पर्नेमा घरधनी ठगुन्ना सहित २८ जना छन् । पक्राउ पर्नेमा दुई जना बाहेक सबै भीमदत्त नगरपालिका छन् ।

उनीहरुमा भीमदत्त नगरपालिका १८ का ईन्द्र पाठक, १० का रमेश टमटा, अमृत कठायत, ९ का गणेश महता, १० का कोलाल सिँह ठकुराठी, १६ का भुवन ठगुन्ना, १७ का रोहित पाल, ९ का भवानी सिँह बुढा, १० का पदम बहादुर बोहरा, ११ का भक्त धामी, आशिष खड्का, किशन पाल, राम दत्त भट्ट, १७ का राम बहादुर ठकुराठी, किशन ठगुन्ना, भिम बहादुर ठगुन्ना, राकेश ठगुन्ना, घनश्याम ठगुन्ना, ११ का रोशन बिष्ट, ५ का प्रकाश लावड, १७ का सुरेन्द्र ठगुन्ना, १७ का खगेन्द्र बडवाल, ११ का राम दत्त भट्ट, देबेन्द्र बिष्ट, दिपक बाग, १३ का नरपति महता, दार्चुला नौगाड गाउँपालिका ३ का करन बोहरा र डडेल्धुरा अजयमेरु गाउँपालिका ५ का चक्र पाल छन् ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>