Samriddhipost
२०८१ असोज ०९ गते बुधबार
महेन्द्रनगर
२०८० कार्तिक २९ गते बुधबार

कैलालीकाे एक मेडिकलमा सुई लगाउदा ४ बर्षिय बालककाे मृत्यु, २ जना पक्राउ

कैलालीको गोदावरी नगरपालिका–५ गेटास्थित डिलासैनी क्लिनिकमा उपचारका लागि लगिएका एक बालकको मृत्यु भएको छ ।
बालकको मृत्युपछि प्रहरीले उपचारमा संलग्न व्यक्तिसंगै क्लिनिक सञ्चालक पक्राउ गरेको छ । मृत्यु हुनेमा गोदावरी नगरपालिका–५ गेटाका भरत ऐरका चार वर्षीय छोरा सम्राट ऐर रहेका छन् ।

उनलाई सुई लगाउने धनगढी उपमहानगरपालिका१३ श्रीलंकाका नविन धामी र क्लिनिक सञ्चालक दिनेश धामीलाई प्रहरीले पक्राउ गरेको छ । दिनेशले आफ्नो अनुपस्थितिमा भाई नविनलाई सुई लगाउन अह्राएका थिए ।

ज्वरो आएपछि उपचारका लागि बुधवार साँझ ६ : ३० बजे क्लिनिक लगिएका ऐरको क्लिनिक सञ्चालक दिनेश धामीका भाई नविन धामीले सुई लगाएपछि मृत्यु भएको थियो । सुई लगाएपछि अचेत भएका ऐरलाई धामीले स्कुटरमा राखेर तत्काल माया मेट्रो अस्पताल पुर्याएका थिए । त्यहाँ पुर्याउनुअघि नै बालक ऐरको मृत्यु भईसकेको थियो ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>