Samriddhipost
२०८२ फागुन २३ गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८० मङि्सर ०२ गते शनिबार

धनगढी बजारमा मध्यरातमा भिषण आगलागी, ८ बढि पसलमा क्षति

सुदुरपश्चिम प्रदेश राजधानी धनगढी बजारमा भिषण आगलागीभएको छ। धनगढीमा विद्युत सर्ट भएर आगलागी भएको हो। धनगढीको मुख्य बजारमा रहेको खाद्य संस्थानको भवनमा रहेको सारथी अस्पतालसहितका पसलमा राति करीब १ बजेतिर आगलागी भएको प्रहरीले जनाएको छ।

विद्युत सर्ट भएर आगलागी हुँदा सारथी अस्पताल, भण्डारी सुज सेन्टर लगायतका पसलमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालयका डिएसपी कुल्दीप चन्दले जानकारी दिए। सुज सेन्टरमा विद्युत सर्ट भएर आगलागी भएको कैलालीका प्रमुख प्रहरी उपरीक्षक(एसपी) देबेन्द्र पालले बताए।

एसपी पालका अनुसार धनगढी, गोदावरी र पुर्नवास नगरपालिकाका चार वटा दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको बताए। आगो नियन्त्रणका लागि जिल्ला प्रहरी कार्यालय कैलालीसहित नेपाली सेनाको तेघरी ब्यारेक र सशस्त्र प्रहरीको ३४ नम्बर गण कैलालीको टोली समेत परिचालन गरिएको थियो। आगलागीबाट सारथी अस्पताल र भण्डारी सुज सेन्टरसँग जोडिएका अन्य ८ वटा पसलमा समेत क्षति भएको छ। क्षतिको यकिन विवरण प्राप्त नभएको प्रहरीले जनाएको छ।
 


#आगलागी

प्रतिक्रिया

घर / जग्गा सबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>