Samriddhipost
२०८१ असोज ०९ गते बुधबार
महेन्द्रनगर
बिकास सिह महता बिकास सिह महता
२०८० मङि्सर ०२ गते शनिबार

शुक्लफाँटामा बन्याे प्रशासकिय भवन, सेवा प्रवाह गर्न सहज हुने

सुदूरपश्चिम प्रदेशको कञ्चनपुर जिल्लामा रहेको शुक्लाफाँटा नगरपालिका नगर कार्यपालिका झलारीको नव निर्मित प्रशासकीय भवनको उद्धघाटन नेपाल सरकारका परराष्ट्रमन्त्रीद्धार गरिएको छ।

शनिवार नेपाल सरकारका परराष्ट्रमन्त्री नारायण प्रकाश साउँदले विविध कार्यक्रम बीच नव निर्मित प्रशासकीय भवनको समुद्घाटन गर्नु भएको हो। उनले पानसमा बत्ती बाल्दै रिबन काट्दै भवनको उद्धघाटन गर्नु भएको हो।

पालिका मेयर रणबहादुर महरा मेयरले भन्नू भयो,'पालिकामा एडिभिको कार्यक्रमका अन्तर्गत विभिन्न निर्माण कार्य सम्पन्न भएको र केही निरन्तरतामा रहेको बताए। जसमा उर्जा बिजुली , खेलकुद क्षेत्र लाई पनि अगाडि बढाउने कार्यक्रमहरुको थालनी गरिएको छ। जसमा शिक्षा ,स्वास्थ्य क्षेत्रमा कार्यक्रमहरु सञ्चालनमा रहेका छन् । समावेशीताका धारामा बजेट विनियोजन गरिएको जसमा सीप तथा व्यवसायी तालिम पनि सञ्चालन गरिएको छ।' पहिला एउटा सानो कोठामा एउटै कोठामा २/३ शाखा राख्नु पर्ने अवस्था थियो भने अहिले एउटा कोठामा एउटा शाखा राख्ने र सिसिटिभी क्यामराको निगरानीमा राख्ने त्यही अनुरुप सेवा प्रवाह दिने बताउनु भयो। एसियाली बिकास बैंकको आर्थिक सहयोगमा १५ करोड बजेटमा १२ करोडको लागतमा ठेक्का प्रक्रिया अगाडि बढ्दै भवन निर्माण भएको छ। जसमा निर्माण कार्य सम्पन्न भयता पनि भवन हस्तान्तरण कार्य चाहिँ बाकि रहेको मेयर महराले बताउनु भयो।

स्वागत मन्तव्य नगरपालिका उप प्रमुख कल्पना जोशी पन्तले राख्नु भएको थियो। जसमा उनले कार्यक्रममा सहभागीता रहनु भएका सम्पुर्णलाई स्वागत गर्दै हार्दिक धन्यवाद समेत दिनुका साथै बिकासका कार्यक्रममा सबैको हातेमालो गर्न समेत अनुरोध गर्नु भयो।

प्रमुख अतिथि परराष्ट्रमन्त्री साउँदले कार्यक्रममा सम्बोधन गर्दै भन्नू भयो, ' सेवाग्राहीका जनताका काम तीव्रताका साथ हुने, चुनौतीका साथ अवसर पनि बोकेको शुक्लाफाँटा नगरपालिका बिकासको गतिमा रहेको जसमा सुन्दरताले भरिपुर्ण रहेको छ, "रोल मोडेल" को रुपमा शुक्लाफाँटालाई अगाडि बढाउने कार्यलाई थालनी गर्दा आज विकासले सार्थकता पाएको जसमा सकारात्मक तिर फट्को मार्न सफल भएको हो, एसियाली बिकास बैंकको आर्थिक सहयोगमा फोहोर मैला व्यवस्थापन , मुख्य प्राथमिकता ढल निकास र टटबन्ध सुनाहरा नदि ,मुणिका मन्दिर लाई बजेट विनियोजनका कार्यमा परेको छ। आन्तरिक पर्यटन प्रबर्द्धन गर्नमा जोड। तीन वटा मिट पोइन्ट हुलाकी सडक खण्ड , मझगाउँ क्षेत्रमा पर्यटन प्रबर्द्धन गर्नमा मिड पोन्ट खोल्न पहल कदमी भएको छ। जसमा निकुञ्ज संग समन्वय गर्न समेत आग्रह गर्नु भयो। थारु समुदायका लागि होम स्टेका लागि पनि बनाउनमा जोड दिने, कृष्णसाहरको , महाकाली सिचाइको लागि पहल कदमी गरेको, दैजी देखि बेलडाँडी सडक खण्डमा नहरको बाटोमा सञ्चालनमा आएको हुँदा त्यही अनुरुप सडक सञ्जाल घाडी घाजको लाई पनि जोड्न पहल कदमी अगाडि बढाउने बताउनु भयो। जसमा निर्माण कम्पनीले समयमा सडक सञ्जालका कार्य सम्पन्न नगर्ने लाई ताकेता गर्ने ठेक्का बदर गरिने बताउनु भयो। आरक्षपिडितको समस्या समाधान एक हप्ता भित्र आयोग गठन गरि कार्यहरु अगाडि बढाउने र जग्गा वा जग्गा बराबरको मौजा उपलब्ध गराउनु सम्पुर्ण अधिकार आयोग लाई दिने आश्वासन दिनु भयो।

बिपिम जोशिको हसममा बन्दक बनाएको अवस्थमा रहेको इजरायल सरकार अनुसार जानकारी दिएको छ र अमेरिकी परराष्ट्रमन्त्री संग पनि आग्रह गरेको र नोवेम्बर २१ तारिकमा छलफल रहेको छ, त्यसमा आफू सहभागी हुने र सरकार बन्दक बाट छिट्टै न्याय दिलाउने तर्फ पहल कदमी गरिरहेको छ।

कार्यक्रमको अध्यक्षता शुक्लाफाँटा नगरपालिका मेयर रणबहादुर महरा, प्रमुख अतिथि नेपाल सरकारका परराष्ट्रमन्त्री नारायण प्रकाश साउँद , विशिष्ट अतिथि शुक्लाफाँटा नगरपालिका उप-मेयर  कल्पना जोशी पन्त, जिल्ला समन्वय समितीका प्रमुख दुर्गा बोहरा,   भीमदत्त नगरपालिका मेयर पदम बोगटी, बेदकोट नगरपालिका ,कृष्णपुर नगरपालिका, पुनर्वास नगरपालिका मेयर, लालझाडी गाउँपालिका अध्यक्ष  लगायत विभिन्न राजनीतिक दलका नेता कार्यकर्ता , सञ्चारकर्मी/पत्रकार पालिका कर्मचारी र राष्ट्रसेवक कर्मचारी सुरक्षाकर्मीहरुको उपस्थिति रहेको थियो। जसमा कार्यक्रम सञ्चालन प्रमुख प्रशासकीय अधिकृतले गर्नु भएको थियो।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>