Samriddhipost
२०८१ असोज ०९ गते बुधबार
महेन्द्रनगर
२०८० मङि्सर ०५ गते मङ्गलबार

चन्दा असुल्ने २ जना महेन्द्रनगर बाट प्रहरी फन्दामा

व्यवसायी र सर्वसाधारणलाई धम्क्याएर चन्दा असुल्न खोज्ने एक गिरोह महेन्द्रनगरबाट प्रहरीकाे फन्दामा परेको छ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक कमल थापाका अनुसार नेकपा मालेको नेता हुँ भन्दै विभिन्न व्यवसायी एवं सर्वसाधारणबाट गैरकानुनी रूपमा रकम असुल्न खोज्ने दुईजनालाई पक्राउ गरिएको छ।

बैतडीको दोगडाकेदार गाउँपालिका– ७ छानी घर भई महेन्द्रनगर बसपार्क डेरा गरी बस्दै आएका ४७ वर्षीय चन्द्रदेव जोशी र लेकम गाउँपालिका– १ दार्चुला घर भई महेन्द्रनगर बस्दै आएका २६ वर्षीय नरेश साउदलाई प्रहरीले पक्राउ गरेको हो।

एसपी थापाले पार्टीको नाम लिएर ज्यान मार्नेसम्मको धम्की दिएर रकम माग्ने गिरोहलाई पक्राउ गरिएको बताए। उनीहरूको साथबाट एक थान खुकुरी, दुई थान चक्कु, तीन थान मोबाइल, ६ वटा सिमकार्ड, मोटरसाइकल र विभिन्न व्यक्ति तथा व्यवसायीहरूको फोन नम्बर उल्लेख भएको डायरी बरामद भएको छ।

पीडितले दिएको जाहेरीका आधारमा उनीहरूलाई समात्न सफल भएका छौँ,’ एसपी थापाले भने, ‘६–६ वटा सिमकार्ड बोकेर फरक–फरक नम्बरबाट फरक–फरक व्यक्तिलाई चन्दाका लागि फोन गर्दै आएको खुलेको छ।’

प्रहरीसमक्ष र मंगलबार आयोजित पत्रकार सम्मेलनमा समेत पक्राउ परेका चन्द्रदेव जोशीले केही व्यवसायीलाई धम्की दिएर चन्दा मागेको स्वीकार गरे। जोशीले पार्टी संगठन विस्तारका लागि चन्दा मागेको बताए।


#चन्दा असुल्ने पक्राउ

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>