Samriddhipost
२०८२ फागुन ०२ गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८० मङि्सर ०८ गते शुक्रबार

नेबिसंघका ६ नेतालाई २ बर्ष कैद जरिमाना र क्षतिपुर्ति गराउने फैसला

जिल्ला अदालत काठमाडौँले त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेमाथि आक्रमण गर्ने ६ जनालाई जनही २ वर्ष कैद, २० हजार जरिवाना र २८ लाख रूपैयाँ क्षतिपूर्ति भराउने फैसला गरेको छ।

न्यायाधीश विनोद खतिवडाको इजलासले हरि आचार्य, योगेन्द्र रावल, रूपेश साह, रविन लामा, सयुज श्रेष्ठ, निरज रानामगरलाई  दुई वर्ष कैद सजाय गरेको छ भने दिपक ओझालाई भने सफाइ दिएको जिल्ला अदालतका सूचना अधिकारी दिपक दाहालले जानकारी दिनुभयो। अदालतले चलाउनेको उपचारमा लागेको २८ लाख १७ हजार रुपैयाँ ६ जनाबाट क्षतिपूर्ति भराउने फैसला पनि गरेको छ । 

आचार्य नेविसंघका त्रिवि समितका अध्यक्ष र रावल सचिव हुन् । अन्य ४ जना पनि नेविसंघकै नेता हुन् । 

त्रिभुवन विश्वविद्यालय समाज शास्त्र केन्द्रीय विभागका उपप्राध्यापक चलाउनेमाथि २०७७ साल असोज २० गते त्रिभुवन विश्वविद्यालय परिसरमै कुटपिट भएको थियो। उनीहरूविरूद्ध कारबाहीको माग गर्दै चलाउनेले उजुरी गरेपछि गत जेठ ३० गते बसेको मन्त्रिपरिषद बैठकले चलाउनेमाथि कुटपिट गरी ज्यान मार्ने उद्योगको मुद्दा फिर्ता गर्ने निर्णय समेत गरेको थियो। तर चलाउनेले त्यसविरूद्ध उनी सर्वोच्च अदालतमा रिट दायर गर्दै अनसन सुरू गर्नुभएको थियो ।

सर्वोच्चले उक्त निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको थियो। उपप्राध्यापक चलाउनेले जिल्ला अदातलतको फैसालले आफुलाई न्याय मिलेको र दोषी ठहर भएका व्यक्तिलाई तत्काल जेल हाल्नुपर्ने प्रतिकृया दिनुभएको छ । 


#प्रेम चलाउने

प्रतिक्रिया

घर / जग्गा सबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>