भिमदत्त नगरपालिका १८ स्थित भीमदत्त बाटिकामा रहेकाे सहिद भिमदत्त पन्तकाे शालीक ताेडफाेड भएकाे छ ।
राप्रपाले आयाेजना गरेकाे कार्यक्रमले शालीकमा आक्रमण गरेपछि नेकपा ( माओवादी केन्द्र ) कंचनपुरले एक बिज्ञप्ति निकालेर कार्वाहिकाे माग गरेकाे छ ।
जिल्ला संयाेजक खेमराज पाण्डेय द्वारा हस्ताक्षरित बिज्ञप्तिमा शहिद, मजदुरकिसान र पीडितको पक्षमा कृषिक्रान्ति गरी आमूल परिवर्तनका निम्ति आवाज उठाई जीवन उत्सर्ग गर्ने अविचलित क्रान्तिकारी किसान नेता सहिद भिमदत्त पन्तको कञ्चनपुर जिल्लाको भिमदत्त नगरपालिका वडा नम्बर १८, भिमवाटिकामा रहेको सालिकमा केही अराजक तत्त्वहरूबाट बाज दिउंसो गरिएको तोडफोडको घटनाको नेकपा (माओवादी केन्द्र) कञ्चनपुर घोर भर्त्सना गर्दछ। घरेलु सामन्तवाद र भारतीय विस्तारवाद विरुद्धको सङ्घषमा घुँडा नटेकी गर्विलो इतिहास रचेका श्रद्धेय सहिद भिमदत्त पन्तको सालिकमा तोडफोड गर्ने निन्दनीय कार्यमा संलग्न उच्छृंखल तथा अराजक कुतत्त्वहरूमाथि कडा कारबाहीका लागि जोडदार माग गर्दछ उल्लेख छ ।
मूल्य : रु. 2,200,000
ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम
थप जानकारी >>
मूल्य : रु. 1,850,000
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>
प्रतिक्रिया