पूर्वराजा ज्ञानेन्द्र शाहले झापाको बिर्तामोडमा पृथ्वीनारायण शाहको शालिक अनावरण गरेका छन् । इकोम कलेज परिसरमा निर्माण भएको शालिक पूर्वराजा शाहले अनावरण गरेका हुन् ।
मेचीनगर धुलाबारीस्थित निम्जा खोलाबाट शाहको स्वागतमा राप्रपा कार्यकर्ताले मोटरसाइकल र्याली निकालेर बिर्तामोडसम्म पुगेका थिए । कार्यक्रमको तयारीलगायत कार्यको लागि राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन १० दिनदेखि झापामा थिए ।
मेचीनगरबाट ठूलो संख्यामा मोटरसाइकल र्याली निकालिएको थियो । सहभागीले राजाको पक्षमा नाराबाजी गरेका थिए ।
पूर्वराजा शाह शुक्रबार झापा पुगेका हुन् । कार्यक्रमलाई राप्रपाले शक्ति प्रदर्शनको रुपमा लिएको छ । राप्रपा कोसी प्रदेश अध्यक्ष राम थापाले कार्यक्रममा प्रदेशभरबाट सहभागी आएका बताए ।
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर
थप जानकारी >>
प्रतिक्रिया