Samriddhipost
२०८१ असोज ०९ गते बुधबार
महेन्द्रनगर
२०८० मङि्सर ०९ गते शनिबार

राजधानीमा द्रुत बस थप्दै सरकार

मङ्सिर ९- सरकारले काठमाडौं उपत्यकामा थप ११ वटा द्रुत बस थपेसँगै आइतबारदेखि ३६ वटा द्रुत बस सञ्चालन हुने भएका छन् ।
बिहान र बेलुकी पिक आवरमा द्रुत बस कम भएको गुनासो आएको र बस सञ्चालन प्रभावकारी देखिएको भन्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले बस थप्ने निर्णय गरेको हो ।

आइतबारदेखि थपिने ११ बसको यात्रा बिहान ८:३० बजेदेखि सूर्यविनायकबाट हुनेछ ।

मन्त्रालयले नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघसँग समन्वय गरी आइतबारदेखि बस थप गर्न र समयसीमासमेत परिवर्तन गर्न यातायात व्यवस्था विभागलाई निर्देशन दिएको छ । सोहीअनुसार विभागले यातायात व्यवसायीसँग समन्वय गरी द्रुत बसको संख्या थप्ने र समयसीमासमेत परिवर्तन गर्ने भएको छ ।

अब आइतबारदेखि बिहान ८:३० बजे तीन–तीन मिनेटको फरकमा भक्तपुर सूर्यविनायकदेखि द्रुत बस छुट्नेछन्  । विभागले बेलुकीको समयसमेत परिवर्तन गरी दिउँसो ३ः३० देखि नै दुई घन्टा सञ्चालन गर्ने भएको हो । बिहान ८:३० बजेदेखि १०:३० बजेसम्म तीन–तीन मिनेटको फरकमा भक्तपुर सूर्यविनायकदेखि द्रुत बस छुट्नेछ भने दिउँसो ३ः३० देखि ५ः३० सम्म रत्नपार्कदेखि बस छुट्नेछ ।

३ असारदेखि सुरु गरिएको द्रुत बस सेवालाई विहान ९–११ र बेलुकी ४–६ बजेसम्मको समय तोकिएको थियो । तर, यो समय व्यावहारिक नभएको र धेरै यात्रु द्रुत बस चढ्नबाट वञ्चित हुने अवस्था आएको भन्दै विभागले समय परिवर्तन गर्न लागेको हो ।

आइतबारदेखि थप गर्न लागिएको बस संख्या नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघले व्यवस्थापन गर्नेछ ।


#द्रुत बस

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>