Samriddhipost
२०८१ असोज ०९ गते बुधबार
महेन्द्रनगर
२०८० मङि्सर १० गते आइतबार

धनगढी बाट श्रीकेदार टुर ट्रावल्सले बेङ्लाेर लगेका यात्रु बिच बाटाेमा अलपत्र पारे

कैलालीको धनगढीबाट भारत गएका यात्रु बिच बाटोमा अलपत्र गरेका छन्। धनगढीको बसर्पाकबाट श्रीकेदार टुर एण्ड ट्राभलले पठाएका यात्रुहरू भारतको डन भन्ने स्थानमा अलपत्र परेका हुन्।

उनीहरू मङ्सिर ६ गते धनगढीसँग सिमाना जोडिएको गौरीफन्टा हुँदै भारतको बेङ्लोरका लागि गएका थिए। तर, मङ्सिर १० गते हुँदा पनि उनीहरू बेङ्लोरदेखि ६५० किलोमिटरको दुरीमा अलपत्र परेका छन्। धनगढीका यातायात व्यवसायीले टिकट काटेर भारतका विभिन्न स्थानका लागि पठाएका झन्डै ७० जना यात्रु बिच बाटोमा अलपत्र परेका हुन्। उनीहरूले टुर एण्ड ट्राभलर्स कम्पनीलाई खबर गर्दासमेत बेवास्ता गर्ने गरेको बताएका छन्।

भारतमा रहेका बसका चालकहरूले उल्टै गाली गलौज गर्ने गरेको उनीहरूले बताएका छन्। उनीहरूले धनगढीबाट बेङ्लोरसम्मका लागि पाँच हजार सात सय एकको रुपैयाँ कम्पनीलाई बुझाएका छन्।


#टुर ट्रावल्सले पारे यात्रु अलपत्र

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>