Samriddhipost
२०८१ असोज ०९ गते बुधबार
महेन्द्रनगर
२०८० मङि्सर १० गते आइतबार

सहिदकाे शालीक ताेडेकाे  आराेपमा राप्रपाका १८ जना बिरुद्ध सार्वजनिक मुद्दा

 सहिद भीमदत्त पन्तको सालिक तोडफोड गरेको आरोपमा पक्राउ परेका राष्ट्रिय प्रजातन्त्र पाटी कञ्चनपुरका १८ जना नेता कार्यकर्ता बिरुद्धमा मुद्दा दायर गरिएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले सहिद भीमदत्त पन्तको सालिक तोडफोड गरेको आरोपमा पक्राउ परेका राप्रपाका १८ जना नेता कार्यकर्ता बिरुद्धमा मुद्दा दायर गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख एसपी कमल थापाले भीमदत्त नगरपालिका १८ महेन्द्रनगर स्थित सहिदको सालिक तोडफोड गर्ने राप्रपा नेता कार्यकर्ता बिरुद्धमा मुद्दा दायर गरिएको बताए । एसपी थापाका अनुसार उनीहरु बिरुद्धमा सार्वजनिक मुद्दा दर्ता गरेर कानुनी प्रकृया अघि बढाएकोछ ।

राप्रपा कञ्चनपुरको आयोजनामा शुक्रबार संघीय लोकतान्त्रिक गणतन्त्र बिरुद्धमा बिरोध प्रर्दशन थियो । उक्त बिरोध प्रर्दशनका कार्यक्रममा सहभागिका आन्दोलनकारीले पार्कभित्र रहेको सालिक तोडफोड गरेका थिए ।

प्रहरीका अनुसार राप्रपा कञ्चनपुरका जिल्ला सचिव शिशिर थापा, कोषाध्यक्ष दिनेश श्रेष्ठ, महिला नेतृ हेलेन श्रेष्ठ, लक्ष्मी मल्ल, विद्यार्थी नेता प्रेम रावल, अन्य नेता कार्यक्रमहरु क्रमस आकास जोशी,बिनोद चन्द,कृष्ण बहादुर चन्द,रमेश बाग, कमलेश सिह ठकुरी,भुपेन्द्र राज पन्त, मोहित प्रशाद पन्त,उपदेश सिह,बिराट विष्ट,कमल चन्द,सुजल खडका,विवेक चन्द(ठगुरी) बिरुद्धमा मुद्दा दायर गरेर कार्बाही प्रकृया अघि बढाएको बताए ।

अनुमती बिनै स्थानीय भीमदत्त बाटिका पार्कभित्र प्रवेस गरेर उच्छृङगत गतिबिधी गरेर सहिदको सालिक तोडफोड गर्ने कार्य बिरुद्धमा प्रहरीले कार्बाही गर्ने जनाएको छ । भीमदत्त पन्तकै देवभूमिमा किसान नेता सहिद भीमदत्त पन्तको सालिक तोडफोड गर्ने कार्य अराजक, दण्डहिनताको पराकाष्ठा भन्दै चौतर्फि रुपमा भत्र्सना जाहेर गर्दै दोषि उपर कार्बाहीको माग अघि सारिएको छ ।

तर, राप्रपा कञ्चनपुरले भने, पक्राउ परेका सबैलाई निसर्त हिराईको माग अघि सारेको छ । सालिक तोडफोडको विषयमा जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमा प्रमुख जिल्ला अधिकारी गोपाल कुमारी अधिकारीको अध्यक्षतामा बसेको सर्वदलिय बैठक राप्रपा बाहेकका दलहरुले घटनाको भत्र्सना जाहेर गरेका थिए ।

राप्रपा सुप प्रदेशका अध्यक्ष धर्मराज जोशीले संचारकर्मीसंग पार्टीको नीति, कार्यक्रम नभई आकस्मिक रुपमा घटेको भन्दै गल्ती भएको महसुस गरेका छन । ‘गर्न नहुने काम कार्यकर्ताबाट भएको छ, अब उपरान्त यस्ता विषयमा सचेत रहने कुरामा छलफल भयो, ‘उनले भने, ‘पाटीको तोडफोड गर्नेृ कार्यनीति, योजना पनि होईन, आन्दोलनका क्रममा भईहाल्यो, तोडफोड गर्ने हाम्रो राजनीतिक चरित्र पनि होईन ।’ क्रान्तिकारी नेता सहिद भीमदत्त पन्तको सालिक तोडफोड गर्ने बिरुद्धमा कानुनी कार्बाहीको माग राख्दै चौतर्फि भत्र्सना भईरहेको छ ।


#राप्रपा नेता बिरुद्ध मुद्दा

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>