Samriddhipost
२०८२ फागुन २३ गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८० मङि्सर १५ गते शुक्रबार

लालझाडीमा ईन्जिनियर कुटपिट आराेप लागेका राना पक्राउ

लालझाडी गाउँपालिकाका इन्जिनियर राम प्रसाद अवस्थीमाथि कुटपिट गरेको आरोप लागेको ठेकेदार भीम सेन राना पक्राउ परेका छन् । लालझाडी गाउँपालिका २ कञ्जमा सडक निर्माण निरीक्षणका क्रममा आफूमाथि ठेकेदार रानाले कुटपिट र अभद्र व्यवहार गरेको भन्दै इन्जिनियर अवस्थीले प्रहरीमा अभद्र व्यवहारमा जाहेरी दिएका थिए ।

इन्जिनियर अवस्थीको जाहेरीपछि शुक्रबार रानालाई प्रहरीले छलफलका लागि बोलाएर पक्राउ गरिएको छ । रानालाई इलाका प्रहरी कार्यालय बेलौरीको हिरासतमा राखिएको छ । शुक्रबार पक्राउपछि अनुसन्धानका लागि म्याद थप गरिएको छ । रानाका आफन्तहरुका अनुसार लालझाडीको प्रहरी चौकीमा उनलाई छलफल गर्ने भन्दै बोलाइएको थियो ।

इन्जिनियर अवस्थीले ठेकेदार राना सहित चार जना विरुद्ध जाहेरी दिएका थिए । उनी बाहेक अन्य तीन जना पक्राउ गरिएको छैन ।

कन्दकला कन्स्ट्रक्सनका सञ्चालक रानाले इन्जिनियर अवस्थीले आफूलाई अनावश्यक दुःख दिएको र दुई लाख कमिसन मागेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उनी विरुद्ध उजुरी दिएका छन् ।

प्रतिक्रिया

घर / जग्गा सबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>