Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८० मङि्सर १८ गते सोमबार

हात्तिकाे लागि लगाएकाे बिधुत तारमा हात्तिले पुर्याए क्षति

बडुवाल टोलमा जंगली हात्तीले बिद्युत्त बत्तीमा क्षती पुर्‍याएको छ् । दोधारा चाँदनी नगरपालिका– ३ बडुवाल टोलमा वन्यजन्तु स्थानियहरुलाई मानविय क्षती नहोस भन्ने उद्धेश्यले जडान गरिएको बिद्युत्त बत्तीलाई जंगली हात्तीले क्षती पुर्‍याएको दोधारा चाँदनी नगरपालिका– ३ का वडा सदस्य लक्ष्मी राना क्षेत्रीले जानकारी दिएका छन् । मध्यराती जंगली हात्तीको हुल आएर १ थान बिद्युत्त बत्तीमा क्षती गरेको वडा सदस्य लक्ष्मी राना क्षेत्रीले बताएका छन् । केही महिना अघि मात्रै दोधारा चाँदनी नगरपालिका कार्यालयले बस्तीमा जंगली हात्तीबाट मानविय क्षती नहोस भन्ने अभिप्रायले बिद्युत्त बत्ती जडान गरेको थियो । बिगत लामो समय देखि बडुवाल टोलमा जंगली हात्तीले मानविय तथा भौतिक क्षती पुर्‍याउदै आएको छ् । रातीको समयमा हात्तीले सुतेको अवस्थामा घर नजिक आएर बितण्डा मच्चाउने गरेका कारण रातीको समयमा ज्यान जोगाउन समस्या भएको स्थानियबासी रेशम बादीको भनाई रहेको छ् । भारतिय जंगलबाट हुल बाँधेर बस्ती पस्ने जंगली हात्तीले स्थानियहरुलाई रातभरी ज्यान जोगाउन हम्मे हम्मे हुने गरेको उनिहरु बताउछन् । बडवाल टोलमा सरकारले जंगली हात्तीको समस्या समाधान गर्न उदासीन देखाउदै आएको स्थानीयवासीले बताएका छन् । ‘सरकारले जनताको जिउ धनको सुरक्षाको ग्यारेन्टी लिनु पर्छ’ आशा राना क्षेत्रीले भने– ‘यहाँ त हामीलाई कतिबेला राती हात्तीले ज्यान लिने हो भन्ने त्रासमा रात काट्नु पर्छ ।’ हात्तीले बस्तीमा पसेर बाली खाने, कुल्चिदिने, नष्ट गरीदिने गरेको भएपनि त्यसलाई रोक्न सरोकारवालाले खासै ध्यान नदिएको उनिहरुको गुनासो छ् ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>