Samriddhipost
२०८३ साउन २६ गते मङ्गलबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८० मङि्सर १९ गते मङ्गलबार

जिल्ला अदालतले रुकुम पश्चिमको सोती घटना प्रकरणका २४ अभियुक्तहरुलाई जन्मकैदको फैसला सुनाएको छ । पुर्पक्षमा रहेका २३ जना र बाहिर रहेका एक जना गरी घटनाका २४ जना आरोपीलाई जन्मकैदको फैसला सुनाएको हो ।

उनीहरुलाई जातिय छुवाछुतको कसुरमा सजाय गरिएको जिल्ला अदालत रुकुमका सूचना अधिकारी गोविन्द प्रसाद कोइरालाले जानकारी दिए ।

जन्मकैदको सजाय पाएका २४ जनामध्ये एक जना नावालक रहेको र उनले पाउने सुविधाका सम्वन्धमा फैसालको पूर्ण पाठमा आउने पनि कोइरालले जानकारी दिए । यस कसुरमा आरोपित ८ जनाले भने सफाइ पाएका छन् ।

२०७७ जेठ १० गते अन्तरजातीय प्रम सम्वन्धका विषयलाई लिएर जाजरकोटका भेरी नगरपालिका-४ का नवराज विश्वकर्मासहित सन्दीप विश्वकर्मा, टीकाराम सुनार‚ गणेश बुढा, लोकेन्द्र सुनार र गोविन्द शाहीको सोतीका गैरदलित समुदायको भीडले घरेलु हतियारले आक्रमण गरेपछि ६ जनाको मृत्यु भएको थियो ।यस घटनाका सम्वन्धमा अध्ययन गर्न गठित संसदीय समितिले घटनाको मुख्य कारण जातीय विभेदबाट सुरु ठहर गरेको थियो ।

प्रतिक्रिया

घर / जग्गासबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>