Samriddhipost
२०८२ फागुन ०२ गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८० मङि्सर २० गते बुधबार

लाेकतान्त्रीक गणतन्त्रका लागि लडेका दलले भने संविधान चाेकमा राजाकाे शालिक राख्नु संविधान बिपरित

लोकतान्त्रिक गणतन्त्रका लागी लडेका आठ वटा पार्टीले संयुक्त विज्ञप्ति जारी गर्दै महेन्द्रनगरमा राजा महेन्द्रको शालिक पुनर्स्थापना गर्नु संविधान र व्यवस्था विरुद्ध भएको बताएका छन् । बुधवार कञ्चनपुरका आठ वटा पार्टीले संयुक्त विज्ञप्ति जारी गर्दै संविधान चोकमा महेन्द्र राजाको शालिक राख्नु व्यवस्था विपरीत रहेको बताएका हुन् । 

भीमदत्त नगरपालिकाका मेयर एवम् नेपाली काँग्रेसका कञ्चनपुर जिल्ला सभापति पदम बोगटीसहित आठ पार्टीका नेताहरूको हस्ताक्षरसहितको विज्ञप्तिमा सो कार्य गर्न नपाइने उल्लेख गरेको हो । नेपालको संविधान २०७२ अनुसार स्तम्भ निर्माण गर्नै क्षेत्रमा कार्य क्षेत्राधिकार स्थानीय सरकारको हुँदा भीमदत्त नगरपालिकालाई निर्णय कार्यान्वयन गर्न अनुरोध गरिएको छ । 

विज्ञप्तिमा लेखिएको छ, ‘पुस २८ गतेका लागि राप्रपा कञ्चनपुरले आयोजना गर्ने भनिएको संविधान चोकमा महेन्द्रको शालिक स्थापना गर्ने भन्ने समाचार विभिन्न सञ्चार माध्यममा आए अनुसार सो कार्य संविधानको बर्खिलापमा र व्यवस्थाका विरुद्धमा रहेको हुँदा यो सर्वदलीय बैठक घोर निन्दा प्रकट गर्दै त्यस्ता क्रियाकलापहरू रोक्नका निमित्त स्थानीय सरकार र स्थानीय प्रशासनको ध्यानाकर्षण गराउँछौँ ।’

गत मङ्सिर ८ गते गणतन्त्रको विरोधमा राप्रपा कार्यकर्ताले महेन्द्रनगरस्थित पार्कमा राखिएको भीमदत्त पन्तको शालिक तोडफोड गरेका थिए ।   

प्रतिक्रिया

घर / जग्गा सबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>